राप्ती साहित्य परिषद् सल्यान शाखाले आयोजना गर्दैछ “सल्यान कविता संग्राम”

सल्यान, १ ज्येष्ठ ।

सल्यानमा पछिल्लो समय साहित्यिक गतिविधिप्रति चासो र चिन्तन गर्नेहरु बढेका छन् । सर्जकहरुमा जोस जाँगर बढ्दै गएको सन्दर्भमा आयोजकहरुले पनि महत्व दिदै आएका छन् । एकातिर सल्यान कला साहित्य परिषद् क्रियाशिल छ भने अर्कोतिर राप्ति साहित्य परिषद्ले पनि आफ्ना गतिविधि अगाढि बढाउदैछ ।

समय र परिस्थितिलाई मध्येनजर गर्दै यतिवेला कोरोना महामारी सम्बन्धि पनि सन्देश दिने र समाजको यथार्थ अवस्थालाई चिरफार गर्दै आगामी दिनहरुका लागि मार्ग निर्देश गर्ने गरी सूूचना प्रविधिको सहयोगमा कार्यक्रम आयोजना गरिन थालेको खवर आयोजक पक्षले दिएका छन् ।

जस्तो समाज र परिस्थिति रहन्छ, सोहि बमोजिमको सन्देश साहित्यले पनि दिने भएकोले साहित्य सदैव गतिशिल हुने भन्दै “सल्यान कविता संग्राम” कार्यक्रमको आयोजना गर्न थालेको राप्ती साहित्य परिषद् सल्यान शाखाका अध्यक्ष प्रविण भण्डारीले जानकारी दिएका छन् ।

 

यस्तो छ, कार्यक्रम तयारीको सूचना ।

 

सूचना ! सूचना !! सूचना !!!

राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानले जिल्लाको कला, साहित्य, संगीत र सर्जकका साहित्यिक गतिविधीलाई निरन्तरता दिने दृढ संकल्पका साथ एक पृथक कार्यक्रम सल्यान कविता सङ्ग्राम“ आयोजना गर्दैछ । यो कार्यक्रम सल्यान जिल्लास्तरीय कार्यक्रम हो ।

सल्यानी सर्जकहरुको कविताप्रतिको मोह र नेपाली कविताको श्रीबृद्धिका लागि यो कार्यक्रमको आयोजना गरिएको छ । यस कार्यक्रममा कविता विधामा कलम चलाउने देश तथा देशको जुनसुकै भु–भागमा रहेर पनि साहित्यलाई माया गर्ने सल्यानी साहित्य सर्जकहरु सहभागी हुन पाउनुहुनेछ ।

“सल्यान कविता सङ्ग्राम“ कार्यक्रममा सहभागीताको लागि सम्पूर्ण सल्यानी साहित्य सर्जकहरुमा अनुरोध छ । कार्यक्रममा सहभागीता जनाउने सहभागीले निम्न नियमहरु अवलम्बन गर्नुपर्ने छ ।

१. सल्यान कविता सङ्ग्राम“ चार चरणमा सकिनेछ ।
२. कविता कविताको आधारभुत नियम, सिद्धान्त भित्र हुनुपर्ने छ।
३. पहिलो चरणमा एक कविता पठाउनुपर्ने छ ।
४. कविता कुनै कृतिमा प्रकाशन र समाजिक संजालमा पोष्ट नभएको हुनुपर्ने छ ।
५. कविता व्यक्तिगत आक्षेप मुक्त हुनुपर्ने छ ।
६.कविता मिति २०७८/१/३१ बेलुका ५ ः ०० बजे देखि २०७८/२/१५ गते राती १२ः०० बजे भित्र पठाइ सक्नुपर्ने छ ।
७. तोकिएको समय पश्चात प्राप्त कविताहरुलाई प्रतियोगितामा समाबेश गरिने छैन ।
८. प्रथम चरणमा उत्कृष्ट १५ (पन्ध्र ) प्रतियोगीको नाम सार्वजनिक गरिनेछ ।
९. दोस्रो चरणमा उत्कृष्ट १० (दश) का लागि ति उत्कृष्ट १५ प्रतियोगीले फेरि एक कविता पठाउनुपर्ने छ ।
१०. उत्कृष्ट दशमा परेका ती उत्कृष्ट दश प्रतियोगीको नाम सार्वजनिक गरिनेछ ।
११.उत्कृष्ट ५ (पाँच )का लागि ती उत्कृष्ट १० ( दश) प्रतियोगीले फेरि एक कविता पठाउनुपर्ने छ ।
१२. उत्कृष्ट ५ (पाँच) मा पर्नु भएका प्रतियोगीहरुको नाम सार्वजनिक गरिनेछ ।
१३.उत्कृष्ट ५ (पाँच) बाट प्रथम प्रत्यक्ष कविता बाचन कार्यक्रम आयोजना गरिनेछ । उत्कृष्ट पाँच प्रतियोगी कार्यक्रममा उपस्थित भई एक÷एक वटा कविता वाचन गर्नुपर्नेछ ।
१४. निर्णायकको मुल्यांकनको आधारमा नै प्रथम,द्वितिय र तृतीयसङ्गै क्रमश पाचौं स्थानसम्म छनौट गरिनेछ ।
१५. कुनै विवाद आएमा निर्णायक मण्डलको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

पुरस्कारहरुः

१. प्रथम पुरस्कार रु. ७,००० ( सात हजार ) र प्रमाणपत्र .
२. दितिय पुरस्कार नगद ४,००० ( चार हजार)र प्रमाणपत्र .
३. तृतीय पुरस्कार नगद ३,००० (तिन हजार ) र प्रमाणपत्र .
४.चौथो पुरस्कार नगद २,००० (दुई हजार ) र प्रमाण पत्र .
५.पाचौं पुरस्कार नगद १,५०० (पन्ध्र सय ) र प्रमाण पत्र .
कविता परिषद पदाधिकारीहरुको निम्न ठेगाना तथा व्यक्तिगत फेसबुक म्यासेन्जरमा पठाउनु पर्ने छ ।
१ प्रवीण भण्डारी –अध्यक्ष [email protected]
२ इन्द्र भण्डारी अंकित –उपाध्यक्ष
३ तारादेव शर्मा प्रदर्शन– सचिव [email protected]
४ मनोजबाबु मनोहर–सहसचिव
५ सिर्जना विष्ट– कोषाध्यक्ष
थप जानकारीका लागि सम्पर्क नम्बर ९८४७८४३०९४ ,९८६४३६३६५७
आयोजक ः राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यान ! धन्यवाद ।

प्रतिक्रिया दिनुहोस