छाङ्‍रुपछि तिंकरमा पनि प्रहरी, सईको कमाण्डमा १२ जना पठाइयो

 छाङ्‍रुमा असईको कमाण्डमा प्रहरी चौकी

जेठ २, २०७७ दार्चुला : दार्चुलाको ब्याँस गाउँपालिकास्थित छाङ्‍रुमा २५ जना सशस्त्र प्रहरीसहितको बोर्डर आउट पोस्ट स्थापना गरेपछि सरकारले तिंकरमा पनि प्रहरी पठाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा नेपाली सेनाको हेलिकोप्टरबाट ८१ जना प्रहरीको टोली छाङ्‍रुमा उतारिएको हो। बाँकी तीनजना प्रहरी छाङ्‍रु नजिकैको अर्को गाउँ दुम्लिङबाट दुई दिनको पैदल यात्रापछि छाङ्‍रु पुगिसकेका छन् ।
२१ मध्ये ९ जनाको प्रहरी टोली छाङ्‍रुमै बस्‍ने भएको छ। बाँकी १२ जनाको टोलीलाई तिंकर पठाइएको दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए। खलंगाबाट छाङ्‍रुमा नेपाली सेनाको हेलिकोप्टरले आठ पटकसम्म ओसारेर सशस्त्रको २५ जना र नेपाल प्रहरीको १८ जनाको टोली उतारेको हो। साथमा उनीहरुका लागि आवश्यक बन्दोबस्तीका सामान र खाद्यान्‍न पनि छाङ‍रुमा झारिएको छ। जटिल भौगोलिक अवस्थितिका कारण हेलिकप्टरले थोरै तौलमात्रै बोक्दा ८ पटकसम्म लागेको थियो।
छाङ्‍रु पुगेका २१ मध्ये सईको नेतृत्वमा १२ जना तिंकरतर्फ प्रस्थान गर्ने भएका छन्। मौसमी अनुकुलता र भौगोलिक अवस्था सामान्य रहे छाङ्‍रुबाट उक्त टोली भोलि वा पर्सिसम्म तिंकर पुग्ने दार्चुलाका डिएसपी पदमबहादुर बिस्टले जानकारी दिएका छन्। उनीहरु पैदलै १२ किमी पर रहेको तिंकर पुग्‍नेछन्। यस्तै असईको नेतृत्वमा छाङ्‍रुको नीतिकुण्ड (सीतापुल सीमा नजिक) ९ जनाको प्रहरी चौकी शुक्रबादेखि नै बसेको छ। सरकारले सशस्त्रसँगै २१ जनाको नेपाल प्रहरीको टोली पनि भारतीय सीमा क्षेत्रमा थपेको हो।
thaha

प्रतिक्रिया दिनुहोस