गजल

देशप्रेमले भरिपूर्ण लोकेश जलनको एउटा गजल  यहाँ प्रस्तुुत गरेका छौं । जसले नेपाल र नेपालीहरुको अहिलेको यथार्थ अवस्था झल्काउछँ र साथै जन्मभूमिप्रति केहि योगदान गर्नैपर्ने हौसला पनि दिन्छ । हाल देशबाहिरै भए पनि उहाँ निरन्तर स्वदेशकै बारेमा चिन्तन गर्नुहुन्छ ।

                           लोकेश जलन

यस्तो छ उहाँको गजल –

सोच्छु बान्नो गर्कियो होला खामो बाङ्गियो होला !
भत्किनै आटेको गाइगोठ थियो भत्कियो होला !

 

अर्काको घरको टल्किने मार्बलमा पोछा मार्दैछु ।
आफ्नो घरको दलिन धैसैधैसोले धैसियो होला !

 

थिएन घरमा टालो हाल्ने टालो तुन्ने सियो धागो ।
बाउको कमिज आमाको चोलि च्यातियो होला !

 

दोस्रो भेट होला, नहोला, यो ठाउँ छोडेर जादैछु ।
बिर्सनु सङ्गि कहिलेकाही नमिठो बोलियो होला !

 

आफ्नै आगन खन्दा पनि हजुर मौन रहनु भयो ।
ए बा यो छिमेकीले हजुरलाई के सम्झियो होला ?

हाल: साउथ अफ्रिका

प्रतिक्रिया दिनुहोस