कोरोना कहर : ४५ लाख संक्रमित, ३ लाख बढीको मृत्यु

कोरोनाको नयाँ इपिसेन्टर ब्राजिल

सत्तामा पनि कलह

  • जेठ २ गते, २०७७ –

कुल संक्रमितमध्य १७ लाख ३ हजार ८०८ मानिसहरु निको भएर घर फर्किएका छन् भने २५ लाख १८ हजार २०४ जना उपचार गराईरहेका छन् । उपचाररत ४५ हजार ५६० जनाको अवस्था गम्भिर

काठमाडौं । विश्वमा कोरोना संक्रमणका कारण ३ लाख भन्दा बढी मानिसको मृत्यु भएको छ ।

४५ लाख २५ हजार ३८३ पुगेको संक्रमितहरुमध्य ३ लाख ३ हजार ३७१ जनाको मृत्यु भएको हो ।
कुल संक्रमितमध्य १७ लाख ३ हजार ८०८ मानिसहरु निको भएर घर फर्किएका छन् भने २५ लाख १८ हजार २०४ जना उपचार गराईरहेका छन् । उपचाररत ४५ हजार ५६० जनाको अवस्था गम्भिर रहेको छ ।

सबैभन्दा बढी संक्रमण र मृत्यु हुनेको संख्या अमेरिकामा रहेको छ । १४ लाख ५७ हजार ३९३ संक्रमितमध्य ८६ हजार ९१२ जनाको अमेरिकामा मृत्यु भईसकेको छ । अमेरिकामा अहिलेपनि १० लाख ५२ हजार ६५४ जनाको उपचार भईरहेको छ भने १६ हजार २४० जनाको अवस्था गम्भिर रहेको छ ।

पछिल्लो समय कोरोनाको इपिसेन्टर ब्राजिल बनिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै संक्रमितको संख्या १३ हजार ७६१ जना रहेको छ भने ८ सय ३५ जनाले २४ घण्टाभित्र ज्यान गुमाएका छन् । ब्राजिलमा संक्रमितको संख्या २ लाख २ हजार ९१८ पुगेको छ भने मृत्यु हुनेको संख्या १३ हजार ९९३ पुगेको छ ।

त्यस्तै कोरोना र रोकथामको विषयलाई लिएर ब्राजिलका शाषकहरुबीच आन्तरिक कलह समेत सिर्जना भएको छ । राष्ट्रपति र सत्ताका अन्य अंगका प्रमुखहरुबीच खासगरी लकडाउनको विषयलाई लिएर मतभेद जारी छ । राष्ट्रपति आफै लकडाउन उलंघनका गर्न सडकमा निस्किरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

<