नेकपाले पार्टी एकता दिवस र मदन आश्रित स्मृति दिवस भव्य रूपमा मनाउने

काठमाडौं बैशाख ३१ ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले को एकताको एक वर्ष पुगेका अवसरमा र मदन आश्रित स्मृति दिवस मनाउन भव्य रूपमा मनाउने भएको छ । आज पार्टी मुख्यालय धूम्रबाराहीमा तयारी बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको तयारी बैठकले तत्कालीन नेकपा ९एमाले० को पार्टी कार्यालय मदननगर बल्खुमा बिहान ८ः३० बजे विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सोही अवसरमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन् । सो अवसरमा गत जेठ ३ गते तत्कालीन एमाले र नेकपा ९माओवादी केन्द्र० बीच पार्टी एकता भएको थियो । उक्त कार्यक्रममा अहिलेसम्म पार्टी एकता भए पश्चात भएका गतिविधिसमेत जानकारी गराइने केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

<