नगरपालिकामा वडाबासीलाई मास्क र साबुन वितरण 

इन्द्र बुढाथोकी
सल्यान २ बैशाख ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ५ शखपिपल च्युराको वडा कार्यालयले साबुन र मास्क वितरण गरेको छ ।  बनगाड कुपिण्डे ५ न वडा अध्यक्ष  कमल विकले वडा राहत विपत कोषमा उठेको रकमबाट वडा कार्यालयको आयोजनामा २ हजार ८ सय ८ वटा मास्क र  ८ सय ८ साबुन वितरण गरिएको छ ।
जसमा प्रती घरधुरी ७ सय ३८ साबुन, बाझकोट स्वास्थ्य चौकीलाई २० वटा, श्री त्रिभुवन जनता माबी च्युरालाइ २० वटा, सरस्वती आधारभूत लाखरलाइ १० वटा,   भगवती आधारभूत खैरागारलाइ १० वटा, लक्ष्मी प्राबी मैनेनी ५ र रामजानकी प्रावी रौउचेलाइ ५ वटा साबुन समेत दिइएको अध्यक्ष बिकले जानकारी दिनु भएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको नाेवेल काेराेना भाईरस ( काेभिट १९ ) बाट बच्न माक्स र साबुनको प्रयाेग बढी मात्रामा गर्नुपर्ने र बजारमा नपाइने समस्या भएकोले वडा कार्यालयले  माक्स र साबुन वितरण गरेको अध्यक्ष कमल विकले बताउनु भएको हाे ।
साबुन र माक्स वितरण गर्ने र काेराेनाबाट बच्ने उपाय पनि सिकाएको अध्यक्ष विकले बताउनु भएको छ ।

बनगाड कुपिण्डे नगरपालिका

janahitma jari sandesh

प्रतिक्रिया दिनुहोस

<