छत्रेश्वरीमा ४५७ परिवारलाई राहत वितरण गरिंदै

बैशाख २ गते,  २०७७ 

sharethis sharing button
वैसाख २, सल्यान ।

छत्रेश्वरी गाउँपालिकाले राहत वितरणका लागि नामावली टुंगो लगाएको छ । मंगलबार सम्पन्न भएको कार्यपालिका बैठकबाट राहत दिईने विपन्न परिवारहरुको नामावलीलाई अन्तीम रुप दिईएको हो ।
राहत वितरणलाई पारदर्शी तथा न्यायोचित बनाउनको लागि यस अघि चैत ३० गते गाउँपालिकाले ४५७ जनाको नामावली सार्वजनिक गर्देै केही त्रुटी भएमा वा कोही छुटेको वा पाउनु नपर्ने मान्छेको नाम समोवश भएमा दावी विरोध गर्न सकिते भनी ३ दिनको समय निर्धारण गरेको थियो । निर्धारित समयमा कोही कसैबाट दावी विरोध नभए पछि गाउँपालिकाले पूर्व प्रकाशित नामावलीलाई नै अन्तीम रुप दिएको हो ।
राहत वितरण गरिने परिवारलाई गाउँपालिकाले दुई तहमा विभाजन गरेको छ । जस अन्तर्गत ४ जना सम्मको परिवारलाई २० केजी चामल, २ के.जी दाल, १ लिटर तेल र २ प्याकेट नुन उपलव्ध गराउने र ४ जना भन्दा बढीको परिवारलाई २५ केजी चामल, ३ के.जी दाल, २ लिटर तेल, र ३ प्याकेट नुन उपलव्ध गराईने गाउँपालिकाले बताएको छ ।

त्रेश्वरी गाउँपालिकाको janahitma jari sandesh

 

chhitokhabar

प्रतिक्रिया दिनुहोस

<