सल्यानमा शनिबार निखिल उप्रेति लाई १२ हजार दर्शकको साथ, आईतबार ज्योति मगर लगाएत अन्य धेरै कलाकारहर आउँदै

सल्यान, ३ फाल्गुन ।
बुधवारबाट संचालित प्रादेशिक कृषि, पर्यटन, उद्योग, ब्यापार तथा सांस्कृतिक महोत्सबमा नायक निखिल उप्रेतिलाई शनिबार करिब १२ हजार दर्शकले अवलोकन गरेका हुन ।

कृषि, पशु, वन, उद्योग, ब्यापार, पर्यटन बिकासको परिकल्पना, ब्यबसायीकरणद्धारा आर्थिक उन्नती गरी समृद्ध समाजको स्थापना भन्ने मुल नाराका साथ सञ्चालित महोत्सबको चौथो दिनमा महोत्सव अवलोकन गर्ने दर्शकले महोत्सव स्थल टन्न भरिएको थियो ।

शनिवारमात्रै करिब १२ हजार दर्शकले महोत्सव अवलोकन गर्न आएको आयोजकले जनाएको छ । ११ दिन सम्म संचालन हुने प्रादेशिक महोत्सबमा शनिबार नायक निखिल उप्रेति लगाएत लोक गायक शक्ती चन्द, गायिका बिन्दा परियार, र मोडल अस्मिता पुरीको प्रस्तुति रहेको थियो ।

पर्यटन प्रबद्र्धनमा समेत भुमिका खेल्ने बिश्वासका साथ आयोजना गरिएको महोत्सबमा शनिबारको दिन राम्रो दर्शक पाएको र दर्शकको साथलाई निरन्तरता दिनको लागि कार्यक्रमलाई अझ शसक्तरुपले अगाडी बढाउने महोत्सव सांस्कृतिक समितिका संयोजक तथा निबर्तमान अध्यक्ष सुधन श्रेष्ठले बताउनु भएको छ । उहाँका अनुसार आगमी दिनमा कमला घिमिरे, माग्ने बुढा, प्रमोद खरेल लगाएतका उत्कृष्ट कलाकारहरुको आगमन हुँने श्रेष्ठले जानकारी दिनु भयो ।

महोत्सव अवलोकन गर्न आउने सबै दर्शकलाई एउटै थलोमा विविध कार्यक्रम आयोजकले राखेको छ । विद्यार्थीका लागि शैक्षिक प्रदशनी, किसानका लागि कृषि तथा पशु प्रर्दशनी लगायत, राष्ट्रिय तथा स्थानीय कलाकारको बेझोड प्रस्तुति रहेका छन् । सल्यानका १० वटा स्थानियस्तरका कलाकारको दोहोरी प्रतियोगिताले दर्शकको ताली खुबै पाएको थियो ।

महोत्सबमा बाल उधान तथा रमाइलो मेला, हरेक दिन दोहोरीको घम्साघम्सी, स्थानीय जडीबुटीको कनिबेच, स्थानीय उत्पादित बस्तुको किनबेच, स्वदेशी तथा विदेशी उत्पादनको किनबेच, नेपाली, मगर, र चमेना गृह सञ्चालन, कर्णाली प्रदेशका १० वटै जिल्लाका पर्यटकिय स्थलका फोटोहरु पनि प्रर्दशनि गरेको थियो ।

त्यसै गरी फागुन ४ गते लोक गायिका त्योति मगर सल्यान आउने भएकि छिन, भने गायक तथा संगीतकार हरि बिष्ट, गायिका चन्द्रा चलाउने, मोडेल टिका जैसि, कृष क्षेत्रि, काँसी राज अधिकारी लगायतका कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

<