सम्पादकीय : बजार सहज बन्यो तर बजार भाउ आकासियो


यतिबेला कोरोना महामारीले विश्व नै प्रभावित छ । अमेरिका जस्ता शक्तिशाली राष्ट्र र नेपाल जस्ता साना एबं कमजोर देशहरु सवै प्रभावित छन् । हुनत बन्दाबन्दीको अवस्थाबाट केही सहज बनेको अवस्था छ ।

तर बजारभाउ यसरी उकालो लागेको छ कि मानिसहरुले बस्तुु किन्नै नसक्ने अवस्था छ । बन्दावन्दीको समयमा बस्तुको माग कम थियो र त्यति धेरै बजार भाउ बढ्न पाएन । तर अहिले बस्तुको माग बढेको छ । बस्तुको माग बढ्न वित्तिकै सोहि अनुुपातमा बस्तुु उत्पादन नभैदिदा भाउ महंगीएको हो । नेपाल जस्ता देशहरु महंगीको अँझ बढी मारमा छन् ।

कच्चा पदार्थ बाह्य देशबाट ल्याएर यहाँ उद्योग चलाउन त्यति सजिलो छैन । अहिले ढुवानीका लागि निकै महंगो खर्च बेहोर्नुुपरेको छ । कतिपय नेपालमै उत्पादन हुने वस्तुहरु पनि महंगीएका छन् । बाह्य देशबाट आयात गर्ने वस्तुुहरु पनि महंगीएका छन् । तिहारको बेला समेत महंगो नभएका बस्तुु यतिवेला महंगीएका छन् ।

नरिवल किलोको साढेतीन सयको हाराहारीमा भएकोमा अहिले बजारमा चार सय पर्छ । सुपारी प्रतिकिलो सात सय देखि साढे सात सय रुपंयाँ पर्दथ्यो भने अहिले साढे आठ सयदेखि नौ सय सम्म पुुगेको छ । छोकडा (छ्वारा) प्रतिकिलो एक सय सत्तरीमै पाइन्थ्यो भने अहिले प्रतिकिलो साढे दुुइसय पुुग्न थालेको छ ।

बन्दाबन्दी हटेपछि बस्तुको भाउ सस्तो हुनुुपर्नेमा यसरी नै सवैथोकको भाउ बढेको पाइएको छ । जतिवेला महासंकट थियो, त्यतिवेला बस्तुको माग पनि कम थियो, तर अहिले बस्तुको माग बढेको छ र सोहि अनुुपातमा बजारमा बस्तुुको उपलब्धता छैन ।

जब माग र उत्पादनबीच सन्तुुलन हुदैन, तब नै बजारमा बस्तुको भाउ पनि उतार चढाव हुुन्छ । अब निर्माण सामग्रीहरुको भाउ पनि बढ्ने सम्भावना देखिन्छ । पहिलेको स्टक सकिने अवस्थामा र नयाँको उत्पादनले गति लिन नसकिरहेको अवस्थामा बस्तुको भाउ स्वतः बढ्न जान्छ । त्यसमा पनि अन्तराष्ट्रिय स्तरमा बस्तुको सहज ढुवानीको अवस्था नरहेकोले पनि बजारभाउ आकासीएको हो ।

अब बजारमा बस्तुको भाउ सस्तो हुन तिब्र गतिमा उत्पादनमा लाग्नुुपर्ने हुुन्छ । उद्योगधन्दा, कलकारखाना र व्यापार व्यबशाय सुुचारु हुुनुपर्छ । यदि अँझै पनि बस्तुको उत्पादनले गति लिएन भने नागरिकहरु चर्को मूूल्यमा बस्तुु खरिद गर्नुपर्ने हुुन्छ, या त अत्यावस्यक वस्तुुहरु मात्र खरिद गर्नुुपर्ने अवस्था बन्दछ ।

यसर्थ नजानिदो किसिमले बजारभाउ आकासिएको छ । बन्दाबन्दी खुुकुुलो भैसकेपछि झनै भाउ चर्किनुुले नागरिकहर कतै कालोबजारी भईरहेको छ कि भनेर आशंका गर्ने अवस्था बनेको छ ।

प्रतिक्रिया दिनुहोस

<