बनगाड कुपिण्डे १२ मा नेकपाको वडा कमिटीको सपथ

नेपाली काङ्ग्रेस पुर्व गाविस उपसभापति नेकपा प्रवेश

 

 

सल्यान, २८ असोज ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ मा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

अध्यक्ष वीर बहादुर पुन र सचिव टेक बहादुर रहेको २५ सदस्यीय वडा कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । सपथ ग्रहण सँगै नगरपालिकामा रहेका १२ वटै वडा कमिटीहरु पार्टी बिस्तार तथा सुदृढीकरणमा लाग्ने नगर अध्यक्ष किर्ती बहादुर रानाले जनाएका छन ।

पार्टीको आधार नै जनता भएको जनता बिना कुनै पनि पार्टी नेताको काम नहुने जनता नै पहिलो आधार भएको नेकपा केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले बताए।

कम्युनिस्ट पार्टी समाजबाद निर्माणका लागि संघ संगठनका बनाउनु पर्ने समेत बताएका छन पार्टीले लिएका निर्णयहरु कार्यान्वयन गर्नु पर्ने बताएका छन । प्रतिनिधि सभाका सासद समेत रहेका बस्नेतले संचार तथा बिधुतिय क्षेत्रमा कम्युनिस्ट सरकारले ४० वर्षमा हुन नसकेको काम अहिले गरेको र सल्यानमा ६० प्रतिशत काम सम्पन्न भएको र बाँकी ४० प्रतिशत काम अबको दुई बर्षमा हुने दावी गरे ।

नेकपाको भावनात्मक एकताले पूर्णता पाउन सुरु भएदेखि आम कार्यकर्ता र शुभेच्छुकमा आशा पलाएको छ । पार्टी कामकाजका गतिविधिलाई सुष्म ढंगले अघि वढाउन उनको निर्देशन रहेको छ ।

कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले बिगतका मनमुटाव हटाएर अगाडि बढन सबैलाई आग्रह गरे । अब सल्यान नेकपा पुर्ण एकता भएको यहि सन्देश लिएर जनता जान सबैमा आग्रह गरे ।

कम्युनिस्ट पार्टी नीति र बिधीमा चल्नु पर्ने पुनको भनाई छ। जिल्ला अध्यक्ष भएको नाताले आफुले पार्टी निर्माणको लागि जस्तो सुकै जिम्मेवारी लिने तयार रहेको बताए ।

नगर प्रमुख समेत रहेका पुनले सडक खानेपानी बिधुतका सम्बन्धि वर्षौं देखि नभएको विकास आफ्नो नेतृत्वको स्थानीय सरकारले विकास गरेको र यसलाई जनता माझ कम्युनिस्ट कार्यकर्ताले पु¥याउन आग्रह गरे ।

जिल्ला पार्टी सचिव कर्णवहादुर वुढाथोकीले अझै गर्नुपर्ने काम बाकी रहेको र दुई ठुला कम्युनिस्ट पार्टीको एकताले अब पूरा हुने र त्यसको लागि सबै लाग्नु पर्ने बताए ।

त्यसको लागि कम्युनिस्ट पार्टीको संगठनका बलियो हुन पर्ने र जनतालाई कम्युनिस्ट पार्टीमा संगठित गर्नु पर्ने उनको भनाई ।

कर्णाली प्रदेश सदस्य तथा बनगाड कुपिण्डे नगर इन्चार्ज ज्ञान बहादुर वली (माइकल० ले पार्टी एकताको कामले पुर्णता पाउदै गएको अब सबै कम्युनिस्टमै हुने बताए ।

कायक्रममा नेपाली काङ्ग्रेस निगाल्चुला गाविस उप सभापति लोक बहादुर बुढा नेकपामा प्रवेश गरेका छन् । अब देश स्थायित्व र समृद्धि नेकपा सरकारले मात्र ल्याउने र नेपाली काङ्ग्रेस पार्टी बाट सम्भावना नभएकोले आफुले नेकपामा प्रवेश गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस