हिन्दु महासंघ अन्तर्गत कपुरकोटमा पनि भयो समिति गठन

सल्यान, असोज २७ गते ।

विश्व हिन्दु महासंघ नेपाल अन्तर्गत सल्यानका स्थानीय तहहरुमा समितिहरु गठन गर्ने कार्य भईरहेको छ । सोहि अन्तर्गत सोमबार सल्यानको कपुरकोटमा तदर्थ समिति गठन गरिएको छ ।

नवगठित समितिमा कृष्ण कुमार शर्मा अध्यक्ष, डम्बर बहादुर यरी उपाध्यक्ष, जित प्रसाद आचार्य सचिव, युवती शर्मा कोषाध्यक्ष चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रेशमराज शर्मा, भुवनेश्वर गौतम, लिलामनी देवकोटा, रत्नलाल वली, प्रकाश घर्ति, रुद्रवीर कवर र लिलावती कवर रहेका छन् ।

त्यसैगरी धर्म तथा संस्कृतिप्रति चासो र चिन्तन गर्ने हिन्दु धर्मावलम्वीहरुलाई संगठित र गोलबद्ध गर्ने उदेश्यअनुरुप क्रमशः युवा तथा भातृ संगठनहरु समेत गठन गर्ने, संस्थागत सदस्यता विस्तार गर्ने, साधारण सदस्यहरु विस्तार गरी संगठित बन्न सवैलाई अनुरोध गर्नेबारे पनि छलफल गरिएको छ ।

मठ मन्दिर, गुफा, ताल र सांस्कृतिक एबं पर्यटकीय सम्पदाहरुको संरक्षण, विकास र प्रवद्र्धन गर्न देशैभर महासंघ क्रियाशिल बन्दै गएको छ । सल्यानमा २०६२ देखि महासंघ क्रियाशिल छ । समाजमा चल्दै आएको धार्मिक एबं साँस्कृतिक पहिचान कायम राख्दै शान्ति एबं आम मानिसहरुबीच सद्भाव कायम राख्न संगठनले पहल गरिरहेको छ । आयातित नभै नेपालको पहिचान बन्दै आएका कुराहरुलाई यसले संरक्षण गर्न पहल गरिरहेको छ ।

त्यसैगरी गाइहरु छाडा नछाड्ने, गाईको संरक्षण गर्ने, गाइहरुको गणना गर्ने र पिता पुर्खाले जोगाउदै आएका सम्पदाको संरक्षणका लागि समिति क्रियाशिल छ ।

वडा नं. ३ का वडाध्यक्ष मिन बहादुर सेनको अध्यक्षतामा भएको भेलामा विश्वहिन्दु महासंघका केन्द्रिय सदस्य तथा शारदा नगरसमिति अध्यक्ष गुमानसिंह बस्नेत, कर्णालीप्रदेश संयोजक एबं जिल्ला अध्यक्ष गोविन्द शर्मा, शारदा नगरपालिकाका वरिष्ठ उपाध्यक्ष चेतकान्त शर्मा, उपाध्यक्ष रामसिंह बुढाथोकी, जिल्ला सदस्य दामोदर शर्मा, योग प्रशिक्षक प्रेम कुमार आचार्य लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस