यस्तो छ, कुमाख लेक, मन्दिर र मेलाको सन्दर्भ तथा महत्व

विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिनमा लाग्ने सल्यानको प्रसिद्ध कुमाख मेलाका आफ्नै विशेषता छन् । सयौं वर्ष पार गरेको ऐतिहासिक पर्व दशैं र दशैंकै समयमा लाग्ने मेलाले हरेक दृष्टिले महत्व राख्दै आएको छ ।

कृषकहरु वर्षायाम र हिलोबाट छुुटकारा पाएको समय एकातिर छ भने अर्कोतिर केटाकेटी, तन्नेरी युवायुवती र बुुढाबुुढी समेतका लागि भित्रैदेखि उर्जा भरिएर शरीर र मनका घाउचोट नै विर्साउने हाम्रा संस्कृति परेका छन् । यी नेपाली सांस्कृतिक पर्वहरु संसारमै उत्कृष्ट देखिन्छन् । त्यस्तै उत्कृष्ट मेला र गन्तव्यस्थ बनेको छ सल्यानको कुमाख मेला ।

कुमाखसंग विभिन्न कुराहरु जोडिएका छन् । सल्यान जिल्लाको दोस्रो अग्लो पहाड, प्रसिद्ध कुमाख मेला, ऐतिहासिक सिद्धगुफा लगायतले कुमाखलाई सम्झाउछन् ।
नियमित रुपमा ५८ वर्ष विताएका वरिष्ठ पुजारी लाल बहादुुर डाँगीले उक्त कुमाख क्षेत्रलाई अँझ आकर्षक र पर्यटकीय गन्तव्य बनाउन प्रशस्त आधार रहेको बताउछन् ।

आफूले केवल इज्यतका लागि र संस्कृतिको जगेर्नाकै लागि स्वयंसेवकको रुपमा पुुजारी भएर लामो समयदेखि काम गर्दै आएको उनले वताए । हाल ४ जना डाँगी (क्षेत्री) र ४ जना पुुन (मगर) जाती० पुुजारी भएको डाँगीले बताएका छन् । सिद्धाथान भनेर कैलाश पर्वतको रुपमा रहेको अग्लो क्षेत्रमा सयौं वर्ष पहिलेदेखि नै पुुजा आराधना गरिदै आएको उनले जानकारी दिए ।

आफू पुजारी भएर केही अध्ययन समेत गरिसकेपछि चण्डी, रुद्री, दुुर्गाकवच लगायतका पुस्तकहरु पनि पाठ गर्दै आएको वताउने डाँगीले मन्दिरनजिकै साँढा र कुुखुरा बलि दिने प्रचलन रहेको पनि जानकारी दिए । वर्षमा करिब १०० जति पशुुपंछि बलि दिईदै आएको पनि उनले बताए ।

प्रत्येक शुक्ल चतुुर्दशीमा नियमित पुजा गर्ने गरेको र कोजाग्रत पूर्णिमाबाहेक अन्य समयमा खासै चहलपहल नभएको उनले जानकारी दिए । बलि दिएका पशुुपंछि लुुछाचुुडी गर्ने परिपाटीलाई आफै वडाध्यक्ष भएको वखत २०४८ सालपछि सुुधार गरेर तत्कालीन अवस्थामा एउटा नियम बसाई पुुजारीले समेत जम्मा रु।२० र एउटा साढाको टाउको मात्रै लिने व्यवस्था मिलाएको र भएको आम्दानीलाई समेत समितिले मन्दिर व्यवस्थापनमै खर्च गर्दै आएको उनले बताए । समयक्रमसंगै केही सुविधा बढेको भएता पनि पारिश्रमिकको हिसावले सन्तोष गर्ने ठाउँ नभएको उनी बताउछन् ।

मन्दिर व्यवस्थापनका लागि हालसम्म गाउँपालिकाले ४ लाख सहयोग गरेको र पदमार्गका लागि अन्य केही सहयोग भएको भएता पनि त्यसबाहेक ठूलो सहयोग हालसम्म कतैबाट नभएको पुुजारी लाल बहादुर डाँगीले बताएका छन् ।

यसरी धार्मिक, सांस्कृतिक र प्राकृतिक लगायत विभिन्न दृष्टिकोणले कुमाखलाई लिन सकिन्छ । हाल कुमाखकै नामबाट पत्रपत्रिका, सञ्चारमाध्यम, यातायात, होटेल, पशलहरु सञ्चालन भएका छन् । सोरठी, सेरिंगे, पैसेरी, बन्गाडी टप्पा लगायतले कुमाख मेलामा सौन्दर्य थप्दै आएकोमा पछिल्ला वर्षहरुमा केही कमि देखिएको लोप हुने अवस्थामा पुगेको छ ।

तर व्यापार, दृष्यावलोकनका पदयात्रीहरु र विभिन्न यातायातका साधनहरु मेलास्थलमै पुुग्ने सुविधाले गर्दा पनि मेलाको महत्व अँझै बढेको छ । टाढाटाढाबाट मानिसहरु सहजै पुुग्न सकिने अवस्था बन्दै गरेकोले यस क्षेत्र र पर्वको महत्व अँझै बढ्ने आँकलन गरिएको छ ।

विभिन्न सञ्चार क्षेत्र र धार्मिक सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरुले यसलाई विशेष चासो र महत्वका साथ हेरिरहेको अवस्था छ । यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रशस्त सम्भावनाहरु छन् । यसरी गुफा, जडिबुुटी, बनस्पति र धार्मिक स्थलका साथै हिमालदेखि तराईसम्मका करीब दुुई दर्जनजति छिमेकी जिल्लाका भूूभागहरु दृष्यावलोकन गर्न सकिने भएकै कारण यसको महत्व बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस

<