सल्ली चौरजहारी सडक र पक्की पुलको काम अलपत्र, ठेकेदार भागे

सल्यान,२८ भाद्र  ।
सल्लीवजार देखि रुकुम चौरजहारी सडक खण्डको बनगाड खोलामा निर्माणधिन पककी पुलसँगै ५ किमी सडकको स्तरवृद्धिको काम गर्ने ठेकेदार भागेका छन् ।
सल्लीवजार देखि बन्गाड कुपिण्डेकै वडा ५ को त्रिवेणी वजार नजिकै सम्मको लागि भनेर थिग्मा गाल्वा कन्ट्रशनले ११ करोडमा कामको जिम्मा लिएको थियो ।

सडक डिभिजन कार्यालय दाङ र कन्ट्रशनका नरहरी थपलिया विच ३३ महिनामा काम सम्पन्न गर्ने भनेर ०७४ श्रावाणमा सम्झौता भएको थियो । तर थिग्मा कन्ट्रशनका नरहरी थपलियाले ४९ लाख पेश्की वुझिर कामको जिम्मा दोस्रो व्यक्ती राम वहादुर विष्टलाई दिएका थिए । पेश्की एउटाले र काम अर्कोले गर्नु पर्दा डबल कटिङको काम समेत २ वर्ष विती सक्यो अझै सकिएको छैन् ।

वर्षातमा हिलो र सुख्खा समयमा धुलाको सास्ती खेपिरहेका स्थानीय समयमा काम नहुदाँ मर्कामा परेका छन् अर्को तर्फ ४ करोड १७ लाख रुपैयाँमा पक्की पुल निर्माण कार्यको जिम्मा पाएको हरिहरि कन्ट्रक्सनका हरिवहादुर रावत पनि सम्पर्क विहीन अवस्थामा छन् ।

पक्की पुलको काम हेर्ने सडक डिभिजन कार्याल दाङले भने कामको ताकेता प्रति चासो नदिएको देखिन्छ । पुल नवन्दा खोला वारपारमा निक्कै सास्ती खेपेको देखिन्छ । खोलावार गर्दा पानी पसेर दैनिक गाडिहरु विग्रने गरेका छन् । खोला पार गर्दा मोटरसाईकिल सवार यात्रुले ५ सय देखि १ हजार रुपैयाँ तीरेर मोटरसाईकिल तार्ने गर्दछन् ।
चौरजहारी सडक खण्डमा काम गर्ने निमार्ण व्यवसायीहरु भने आधा काम गर्ने भाग्ने गरेका छन् । उक्त सडक खण्डमा ५ वर्ष अघि सुरु भएका काम समेत अलपत्र अवस्थामा छन् ।

सडक डिभिजन कार्यालय दाङले र चौहरजारिले सडकमा कामको जिम्मा लिने तर पुरा काम नगर्ने निमार्ण कम्पनिलाई कारवाहिको सट्टा उल्टै पुन काम थमाउने गरेको छ । पक्की पुलसँगै ५ किमी बाटोको स्तरवृद्धिको काम समेत लथालिङ अवस्थामा छ ।

काम सुरु गरे देखि ठेकेदार साईडमा नआउँदा सडकमा काम गर्ने ज्यामीहरु आदा काम गर्दै भाग्दै गर्ने गरेका छन् । केहि ज्यामीहरु भने ५ महिना अघि ज्याला नपाई भागि सकेका छन् । काम एउटाले गर्ने र पेश्की रकम अर्कोले वुझ्दा काम अलपत्र परेको छ ।

कामको जिम्मा लगेका ठेकेदार राम वहादुर विष्ट र थिग्मा गाल्वा कन्ट्रक्सनका नरहरी थपलिया भने सम्पर्कविहीन छन् । काम गर्ने र ठेक्काको सम्झौता गर्ने दुवै सम्पर्क विहीन रहेकाले काम अलपत्र पर्ने निश्चित देखिएको छ ।

हाल आएर सल्ली चौहरजारी सडक खण्ड चौरजहारी सडक डिभिजनले हेरीरहेको छ । चौरजहारी सडक डिभिजनले निर्माण कम्पनीको ताकेतालाई ठाडै इन्कार गरिदिएको स्थानीयको भनाई छ । पुलसँगै सडक पिचको काम अलपत्र पार्ने ठेकेदारलाई स्थानीयले कारवाहिको लागि जोडदार माग गरेका छन् ।

दाङ डिभिजनले पक्की पुलको काम हेरीरहेको छ भने चोेहरजहारी सडक डिभिजनले सडक पिचको काम हेरीरहेको छ । उनिहरुको ताकेतालाई निर्माण कम्पनिले व्यवास्था गर्ने गरेका छन् । दुवै काम ५ महिना अघि देखि ठप्प छ । ठेकदारहरु भने सम्पर्क विहीन छन् ।

प्रतिक्रिया दिनुहोस

<