सल्यानमा रतुवा मारेको भन्दै सात जना प्रक्राउ

सल्यान,२८ भदौ  ।
सल्यानमा रतुवा मार्ने सात जना पक्राउ परेका छन् । जिल्लाको कुमाख गाउँपालिका वडा न ३ का गणेश केसी, शिव कुमार शाही, काँसे रावत, देवस्थल केसी, लिलाधर केसी, तेज बहादुर केसी र शोवे बुढा पक्राउ परेका हुन ।

कुकुरले टोकेर घाइते भएको रतुवालाई स्थानीयले नियन्त्रणमा लिई मारेको अवस्थामा इलाका प्रहरी कार्यालय रागेचौरले पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको डिभिजन वन कार्यालय सल्यानका सुचना अधिकारी मनोज लम्साले बताए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । अपराध पुष्टि भएमा वन ऐन तथा राष्टिय निकुञ्ज ऐन अनुसार कारवाही हुने लम्सालको भनाई छ ।
कानुनी कुरा स्थानीयले नबुझ्दा यस्ता प्रकारका समस्या आउने गरेको डिभिजन वन अधिकृत थिर प्रसाद कार्की ले बताए ।

प्रतिक्रिया दिनुहोस

<