हुम्ला खर्पुनाथ र सल्यान कुमाखमा उपनिर्वाचनको तयारी, सम्भावित उम्मेदवार यस्ता

 

सुर्खेत,२८ भाद्र ।
आउँदो मंसिर महुने उपनिर्वाचनका लागि हुम्ला र सल्यानमा निर्वाचनको तयारी थालिएको छ । मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीका लागि जिल्ला निर्वाचन कार्यालयले तयार थालेको हो । हुम्लाको खार्पुनाथ गाउँपालिका र सल्यानको कुमाख गाउँपालिका वडा नं। ५ मा निर्वाचनको तयारी थालिएको छ ।

निर्वाचन आयोगले सम्बन्धित क्षेत्रमा पुगेर मतदाता मध्यावधिक गर्न सुरु गरेको छ । खार्पुनाथ गाउँपालिकामा निर्वाचनको तयारी थाल्न वडासचिवहरुलाई पत्राचार गरिएको निर्वाचन अधिकृत महेश शर्माले जानकारी दिए । उनका अनुसार हुम्लाका पाँच वटा मतदान केन्द्रमा मतदान राखिने छ ।

त्यस्तै कुमाखको वडा नं। ५ मा निर्वाचनको तयारी गर्ने कर्मचारी खटाइएको सल्यानका जिल्ला निर्वाचन अधिकृत हरिबहादुर बुढाथोकीले बताए । ‘असोजको आठ गतेसम्ममतदाता शिक्षा दिने तयारी छ ।’ बुढाथोकीले भने ‘अहिलेमतदाताको दाबी विरोधको काम भइरहेको छ ।’ मतदाताहरुको नामावली अध्यावधिक पछिमात्रै मतदाताहरुको विवरणएकिन हुनेछ । निर्वाचन हुन तीन महिना बाँकी रहदा सम्भावित उम्मेदवार भनेटिकटका लागि दौडधुपमा लागेका छन् ।
यि हुन संम्भावित उम्मेदवार
उपनिर्वाच आउने करिव तीन महिला बाँकी रहदा राजनीतिक दलहरुले उम्मेदवारका लागि लविङ्ग थालेका छन् । सल्यानको कुमाख गाउँपालिकामा पूर्व माओवादीबाटै उम्मेदरवार हुने पक्कापक्की जस्तै छ ।

वडा नम्बर ५ मा हुने उपनिर्वाचनका लागि तत्कालिन माओवादीका शान्त ओली वडाध्यक्षका लागि अघि सरेकी छिन् । पूर्व सहिद परिवारका सदस्य भएका हिसावले उनलाई पार्टीले टिकट दिएर न्याय गर्ने शान्ताको तर्क छ ।

तत्कालिन वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपसंयोजकमा निर्वाचत भएपछि पुनले नै वडाध्यक्षको जिम्मेवारी पुरा गर्दै आएकी छिन् । सो वडामा पूर्व एमाले निकै कमजोर रहेका कारण पुनलाई नै वडाध्यक्षका रुपमा अगाडि सार्न पूर्व माओवादी सकारात्मक देखिएको छ ।

कार्यवहाक वडाध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएकी छिन् । तर पार्टीले उनी वडाध्यक्षमा लडेको खण्डमा भने सदस्य पद खाली हुनेछ । निर्वाचन कार्यालयले वडासदस्यको हकमा निर्वाचन नगराउने भएका कारण ओलीलाई वडासदस्यमै राखेर अर्का व्यक्तिलाई चुनावमा टिकट दिनुपर्ने कतिपयको तर्क छ । तर नेपाली कांग्रेसले भने सो उम्मेदवारको कुनै तयारी थालेको छैन । उत्ता वडामा कांग्रेसको उपस्थिति कमजोर रहेको छ ।

त्यस्तै हुम्लाको खार्पुनाथमा उपाध्यक्षका लागि मृतक सिन्धुका श्रीमान धिरे शाही नै उम्मेदवारका लागि अघि सरेका छन् । अध्यक्ष वा उपाध्यक्ष मध्ये एकजना महिला अनिवार्य हुनुपर्ने व्यवस्था रहेपनि मिलेसम्म मृतक सिन्धुका श्रीमानलाइनै उम्मेदवार बनाउने पक्षमा कांग्रेस रहेको छ । धिरेलाई उम्मेदवार बनाएको खण्डमा चुनाव सहजै जित्न सकिने कांग्रेसको ठम्याई छ । उत्ता उपाध्यक्ष पदका लागि भने नेकपाले पूर्व उम्मेदवार रुपा शाहीने पनुः उपाध्यक्षमा अघि सार्ने नेकपाको तयारी छ ।

कुन ठाउँमा कसकोसम्भावना बलियो

मंसिरमा हुने उपनिर्वाचनमा पुरानै दलका उम्मेद्वारलेचुनाव जित्ने सम्भावना देखिएको छ । अघिल्लोनिर्वाचनमा उम्मेदवारहरुलेल्याएको मत परिणामलाई आधार मान्ने हो मत परिणाम पुरानै दलको पक्षमा पर्ने सम्भावना रहेको छ ।

हुम्लाको खार्पुनाथमा हुने उपाध्यक्ष पदमा कांग्रेसको देखिएको छ । अघिल्लो निर्वाचनमा त्यहाँ कांग्रेसका उम्मेदवार उपाध्यक्षमा विजयी भएका थिए । गाउँपालिकाका उपाध्यक्षमा निर्वाचितसिन्धु शाहीको गाडी दुर्घटनामा मृत्यु भएको थियो ।
असार ३ गते कर्णाली नदीमा जीप दुर्घटना हुँदा शाहीको मृत्यु भएको थियो।नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी शाहीले एक हजार १८ मत ल्याएर विजयी भएकी थिइन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी रुपा शाहीले आठ सय ३६ मत ल्याएकी थिइन्।

अहिलो त्यहाँ तीन हजार चार सय ८ जना मतदाता रहेका छन् ।२९ पदका लागि भएको अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरु १८ पदमा विजयी भएका थिए ।त्यस्तै साविक माओवादीका ६ र तत्कालिन एमालका उम्मेदवारहरु ५ पदमा निर्वाचित भएका थिए । उक्त गाउँपालिकामा अघिल्लो निर्वाचनमा समेत माओवादी र एमालेको गठबन्धन थियो ।

गठबन्ध हुँदा पनि एमालेले एउटा वडामा मात्रै वडाध्यक्ष जित्न सफल भएको थियो । तर माओवादीले भने एउटा वडामा पनि सफलता हात पार्न सकेको थिएन ।अहिले दुबै दल मिलेर एउटै दल बनेको छ तर पनि आन्तरिक विवादले नेकपामा उम्मेदवारलाईमत आफ्नो पक्षमा पार्न सकस पर्नेछ ।
भर्खर गठन भएको गाउँकमिटीलेपार्टीभित्रको आन्तरिक विवादलाई मिलाउन सकेको खण्डमा भनेनेकपाका उम्मेदरवारलाई चुनाव आफ्नो पक्षमा पार्न सहज हुने छ ।
यता नेपाली कांग्रेसले भनेआफ्ना उम्मेदवारले सहजै जित्न सकिने आँकलन गरेको छ । दुर्घटनामा निधन भएका कारणमतदाताले कांग्रेसका उम्मेदवारलाई सहानुभूति देखाउने उसको तर्क छ ।

निर्वाचन आउन करिव तीन महिना बाँकी रहदा कांग्रेसलेमृत शाहीका आफन्तबाटै उम्मेदवार उठाने प्रयासमा लागेको छ । मिलेसम्म कांग्रेसले मृतक शाहीका श्रीमान धिरे शाहीलाईनै उपाध्यक्षमा उठाउने सम्भावना देखिन्छ ।
यस्तै सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ मा नेकपाले नै चुनावलाई आफ्नो पक्षमा पार्ने बलियो सम्भावना देखिएको छ ।
अघिल्लो निर्वाचनमा माओवादीका तर्फबाट वडाध्यक्षकाहरिप्रकाश बुढाथोकी विजयी भएका थिए ।तत्कालीन वडाध्यक्ष बुढाथोकीले सात सय ८८ मत ल्याएर विजयी हुँदा उनको प्रतिद्धन्द्धि तत्कालिन एमालेका अमृतबहादुर शाहले दुई सय २९ मत ल्याएका थिए । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार खड्कबहादुर बोहराले एक सय ८० मत ल्याएका थिए । यसरी हेर्दा नेपाली कांग्रेसको पक्षमा निकै कम मददाता देखिएका छन् ।

वडामा १ हजार ८ सय ९५ जना रहेका छन् ।तत्कालिन वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपसंयोजकमा निर्वाचत भएपछि त्यहाँ वडाध्यक्षको पद रिक्त छ।

अव सुर्खेतमै निर्वाचन शिक्षा

अवदेखि सुर्खेतमै निर्वाचन शिक्षा सञ्चालन हुने भएको छ । कर्णाली प्रदेशलाई मध्येनजर गर्दै जिल्ला निर्वाचन कार्यालय सुर्खेतले निर्वाचन शिक्षा तथा सूचना केन्द्र सञ्चालनको तयारी थालेको छ । सुर्खेतका निर्वाचन अधिकृत निर्मला रेग्मीका अनुसार केन्द्र स्थापनाका लागि टेन्डर आव्हान गरिसकेको छ ।
केन्द्र स्थापना भएपछि विद्यार्थी र शिक्षकलाई मतदाता शिक्षा दिइने छ । कक्षा नौं, दश र प्लसटुका विद्यार्थीहरुलाई शिक्षा दिइने छ । त्यस्तै सामाजिक विषय अध्यापन गराउने शिक्षकलाई पनि मतदाता शिक्षा दिइने छ ।

विद्यार्थीलाई मतदाता शिक्षा दिन आवश्यक ठान्ने विद्यालयले केन्द्रसँग समन्वय गर्नुपर्ने छ । हाल जिल्ला निर्वाचन कार्यालय रहेको भवनको तल्लोमा केन्द्र राखिने छ ।

जिल्ला निर्वाचन कार्यालय खारिजीको प्रस्ताव

निर्वाचन आयोगले भने जिल्लास्थित रहेका कार्यालयले खारिजीको प्रस्ताव अघि सारेको छ । जिल्लास्थित कार्यालयहरु खारेज गरी एउटा मात्रै प्रादेशिक कार्यालय राख्ने प्रस्ताव आयोगले गरेको छ । तर जिल्लाका कार्यालयहरु राखिज गर्ने अन्तिम निर्णय भने भएको छैन ।

निर्वाचनको समयमा कर्मचारीहरु करारमाम राखेर स्थानीय तहबाटै काम चलाउने गरी जिल्ला स्थितका कार्यालयहरु रारिज गरिने प्रस्ताव अघि सारिएको छ ।
आयोगका अनुसार एउटा मात्रै प्रादेशिक कार्यालय राखेको खण्डमा खर्चको भार घट्ने अ‍ेपक्षा गरिएको छ । तर कतिपयले भने निर्वाचन आयोग स्वतन्त्र र संवैधानिक अंग भएको बताउँदै स्थानीय तहमा जान नहुने तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

<