सल्यानका महिलाले सावुन बनाउन सिके

 

 


जेठ ३१, सल्यान
दलित तथा अपाङ्ग महिला लक्षित १० दिने सावुन बनाउने तालिमको समापन गरिएको छ। शारदा नगरपालिकाको सहयोगमा शानपा १४ र १५ लाई लक्षित गरि सन्चालन गरिएको तालिम विहिबार सकिएकोहो। तालिमको व्यवस्थापन सामाजिक बिकासका लागि समावेसी मन्च नेपालले गरेकोहो ।

तालिम समापन कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अथिती एवम शानपा उप प्रमुख सबित्रा बस्नेतले महिलाहरुको वहुआयामिक बिकाश बिना समाजको प्रगती सम्भव नभएको भन्दै उनिहरु लाई आर्थिक गतिबिधी सङ्ग जोड्नुपर्ने बताइन । उनले महिलाहरु चुलो चौकोबाट निस्कनु पर्ने धारणा राख्दै हरेक क्षेत्रमा अव्व्ल हुनुको बिकल्प नभएको स्पष्ट पारिन ।

बस्नेतले नगरको लक्ष ससक्त समाज रहेको उल्लेख गर्दै त्यस्का लागि महिला हरुको विकास अनिवार्य रहेको बताइन । कार्यक्रममा शानपा १४ का अध्यक्ष कृष्ण बहादुर गिरीले तालिमलाई व्यवहारमा उतार्नुपर्ने भन्दै सीप बिकासका लागि आफूहरु हरेक प्रयत्न गर्न तयार रहेको स्पस्ट पारे ।

यसैगरी, कार्यक्रममा शानपा १५ का अध्यक्ष हिमेन्द्रबाबू सेजवालले सब मतदाताहरु सिपयुक्त होउन भन्ने आफ्नो उद्देश्य रहेको भन्दै वडाको सर्वाङ्गिण बिकासका लागि आफू दत्तचित्त रहेको धारणा राखे ।

मन्चका अध्यक्ष चक्र परियारको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा सदस्य चन्द्रावती बुढाथोकी, त्रीज माबी माल्नेटाका निमित्त प्रधानाध्यावक तेज प्रसाद न्यापाने लगाएतले आफ्ना धारणा राखेका थिए ।

द्दण्ठ
क्ज्ब्च्भ्क्
प्रतिकृया दिनुहोस
बम
बम
बम

प्रतिक्रिया दिनुहोस

<