हावाहुरीले घर, स्कुल र स्वास्थ्य संस्था उडाएपछि दार्माले बाँड्ने भयो राहात

 

 

जेठ ३०, सल्यान ।
दार्मा गाउँपालिकाका विभिन्न स्थानमा हावाहुरीले क्षती पु¥याएका परिवार र विद्यालयलाई राहात प्रदान गरिदैछ । विपद् ब्यवस्थापन समिति दार्माको बैठक बसी राहात वितरण गर्ने निर्णय भएको हो ।
दार्मा गाउपालिका वडा नं। ३ को देविका रोकायलाई १० हजार, निमा कटुवाललाई १० हजार, सिता कामीलाई ५ हजार, वडा नं ६ का हरीलाल दमाईलाई १० हजार, मुना कामीलाई १० हजार, वडा नं ५ का इन्द्रा के।सी।लाई १० हजार, बुद्धिमान खत्रीलाई १० हजार, खिरम खड्कालाई १० हजार, जय बहादुर खत्रीलाई १० हजार, वडा नंं २ का भक्त बहादुर चन्दलाई १० हजार, लिला केसीलाई १० हजारर, मुगी कामीलाई ५ हजार प्रदान गरिनेछ ।

त्यस्तै बैठकबाट विद्यालयतर्फ वडा नंं ४ को कालीका आधारभुत विद्यालयलाई १० हजार, वडा नं ५ को विश्वेस्वर आधारभुत विद्यालय लाई ५० हजार र जन कल्यान आधारभुत विद्यालय लाई १ लाख त्यस्तै वडा नं ४ मा रहेको त्रिवेणी स्वास्थ्य चौकीलाइ १ लाख दिने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष एवम् विपद् ब्यवस्थापन समिति दार्माका संयोजक निम बहादुर के सी को अध्यक्षतामा भएको छलफलमा विपद् ब्यवस्थापन समितिका सदस्य टिका शर्मा वली, सदस्य सचिव बसुन्धरा पुन, सदस्य इन्द्र बहादुर भण्डारी, प्रहरी सहायक निरीक्षक बल बहादुर भण्डारी, प्रशासन शाखा प्रमुख जित बहादुर वली, पत्रकार प्रकाश शर्मा लगाएको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

<