सत्तारुढ नेकपाका नेता एवम् पूर्वमन्त्री पौडेलको निधन

 

भरतपुर, ३१ जेठ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता एवम् पूर्वमन्त्री डिआर पौडेलको निधन भएको छ । हृदयघातका कारण पौडेलको निधन भएको जनाइएको छ ।

गृहजिल्ला चितवनको माडीमा पौडेलको निधन भएको गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार सूर्य सुवेदीले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् ।

नेकपाका नेता लीलामणि पोखरेलले पनि पूर्वमन्त्री एवम् नेकपाका नेता पौडेलको निधन भएको जानकारी दिए ।

‘उहाँको हृदयघातका कारण निधन भएको हो’, उनले भने, ‘घरमै हृदयघात भएको थियो । अस्पतालसम्म नपु(याउँदै बाटोमा निधन भएको थियो । अस्पताल पुग्नेवित्तिकै निधन भएको घोषणा गरिएको थियो । हामी दुखित भएका छौँ ।’

पूर्वसांसद समेत रहेका पौडेललाई बिहीबार राति हृदयघात हुने वित्तिकै उपचारका लागि माडीस्थित बगौडा अस्पतालमा लगिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

<