जेठ १, सल्यान ।
सल्यानको सिद्धकुमाख गाउँपालिकामा PCR परिक्षणको लागि स्वाव संकलन तथा RDT परिक्षण गरिएको छ । गाउँपालिका भित्रका १० जनाको स्वाव संकलन र १७ जनाको RDT परिक्षण गरिएको हो ।
रेड जोन घोषणा गरिएका विभिन्न जिल्लाबाट आएका १० जनाको स्वाव संकलन गरि स्वास्थ्य सेवा कार्यालय सल्यानले सुर्खेत पुर्याएको छ भने क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बसिरहेका १७ जनाको RDT परिक्षण गरिएको हो । RDT परिक्षणमा सवैको नजिता कोरोना नेगेटिभ देखिएको छ ।
PCR को रिपोर्ट आउन भने केहि दिन लाग्ने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । सिद्ध कुमाख गाउँपालिकामा यस अघि पनि दुई पटक गरी ६० जनाको RDT परिक्षण गरिएको थियो । गाउँपालिकामा हालसम्म कसैमा पनि RDT कोरोना संक्रमित पोजेटिभ देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस