दार्मा गाउँपालिकामा कोरोना राहत कोषमा दाताहरुको सहयोग जुट्दै

sharethis sharing button
प्रकाश शर्मा वैशाख ३१,सल्यान 
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) का विरुद्ध लडन स्थानीय पालिकाहरुले स्थापना गरेका कोरोना राहत कोषमा विभिन्न दाताहरुबाट सहयोग हुदै आइरहेको छ । विभिन्न पालिकाहरुमा सहयोग भइरहेको समयमा दार्मा गाउँपालिकामा महिला सहयात्रा नामक वित्तिय सहकारी संस्थाले सहयोग गरेको छ ।महिला सहयात्रा र उक्त वित्तिय संस्थाका प्रवन्धक बमकृष्ण वलीले गाउँपालिकालाई १५ हजार सहयोग गरेका छन् । विपद् घडिमा सबै मिलेर सामना गर्नुको विकल्प नभएको भन्दै सानो आकारको भएपनि सहयोग गरिएको वलीको भनाई रहेको छ ।

सहयोग क्रम बुझ्दै  दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी अरुणले कोरोना विरुद्धको सहयात्रामा सहभागि भएकोमा धन्यवाद दिए ।
विभिन्न दाताहरुबाट संकलन भएको राहत वास्तविक पिडितसम्म पुग्नेमा विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस

<