थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ५० पुग्यो

बिहिबार, जेष्ठ १, २०७७

 

काठमाडौं । नेपालमा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना पुष्‍टि भएको मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले जानकारी दिए । उनका अनुसार सर्लाही धान्कौला नगरपालिका निवासी ४५ वर्षिय पुरुष, धनुषा जनकपुर नगापालिका र मिथिला नगरपालिका निवासी ४० वर्षिय पुरुष, २० वर्षिय महिला, महोत्तरि जलेश्वर नगरपालिका र बलवा नगरपालिका १६ र ३५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ताका अधिकारीले जानकारी दिए । हाल उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ।

यसअघि आज बिहान मात्रै कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि नगरपालिका निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै आजै  ७ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितमध्ये ३५ जना कोरोनालाई जितेर अस्पतालबाट घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

<