सेल्फिसँगै भिडियो खिच्न खोज्दा ७ जना सवार डुङ्गा पल्टियो


सल्यान, १ बैशाख ।

सल्यानको कुपिण्डे तालमा ७ जना सवार डुंगा डुबेको छ । डुङ्गामा चढेर वढि हो हल्ला तथा सेफ्फिसँगै भिडियो खिच्न खोज्दा डुङ्गा पल्टिएको वडा अध्यक्ष कुल वहादुर पुरिको भनाइ रहेको छ । बुधबार दिउसो साढे १२ बजेतिर यात्रु बोकेर तालको बीच भागमा पुगेको काठको डुंगा डुबेको हो ।

डुंगामा सवार यात्रुले लाइफ ज्याकेट लगाएकोले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । काठले बनेको पुरानो डुंगा भएकोले भित्र पानी पस्दा डुंगा डुबेको बताइएको छ ।

डुंगा डुबेपछि यात्रुहरु लाइफ ज्याकेटको कारण पानीमा डुब्नबाट जोगिएका हुन् । चालकले लगाएत त्यहाँ भएका अन्य डुंगाका मान्छेले यात्रुलाई तालको किनारमा ल्याएर सकुशल उद्धार गरेका थिए ।

वडा अध्यक्ष कुल बहादुर पुरीका अनुसार डुंगा तालको धेरै तल गहिराइमा पुगेकोले निकाल्ने अवस्थामा छैन् ।

उनले भने, ‘मान्छेहरु रोमान्टिक गर्ने ढंगले डुंगाको छेउमा बसेर हल्लिरहेका रहेछन् । डुंगाभित्र पानी पस्दा एकछट्के भएर पल्टियो । यदि लाइफ ज्याकेट नलगाएको भए उहाँहरु पानीबाट उत्रिने सम्भावना थिएन् । लाइफ ज्याकेटले बचाँयो ।’

नयाँ वर्षको दिन भएकाले बुधबार कुपिण्डे तालमा मान्छेहरुको अत्याधिक भीड रहेको थियो । तालमा मान्छेको धेरै भीड हुँदा समेत सुरक्षाकर्मी परिचालन गरिएको थिएन् ।

वडाध्यक्ष पुरीले भने, ‘बुधबार कल्पनै नगरेको धेरै मान्छेहरु ताल अवलोकन गर्न आउनुभयो, यति धेरै मान्छेहरु आउने थाहा भएको भए सुरक्षाकर्मी माग गरिन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस

<