अमेरिकामा अर्को विपद्, शक्तिशाली आँधीले ३० को मृत्यु

अमेरिकामा अर्को विपद्, शक्तिशाली आँधीले ३० को मृत्यु

 ०२ बैशाख २०७७

वासिंटन : कोरोना भाइरसको महामारीबाट अति प्रभावित अमेरिकामा हावाहुरी र बाढीका कारण कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा सोमबार आएको हावाहुरी र बाढीले गर्दा अरु १० लाख भन्दा धेरै मानिस विस्थापित हुनु परेको छ । अलाबामा राज्यमा ११ जनाको मृत्यु भएको बताइएको छ । यस्तै क्यारोलिना राज्यमा ९ जना, जर्जियामा ८, टेनिसीमा ३ जनाको मृत्यु भएको बताइएको छ ।

स्थानीय सरकारी अधिकारीहरुका अनुसार दक्षिण पूर्वका राज्यहरुमा यति शक्तिशाली हावाहुरी तथा आँधी पहिलो पटक आएको हो । यससँगै कतिपय राज्यमा कोरोना भाइरस रोकथामका लागि सामाजिक दूरी कायम गर्नुपर्ने नियम पनि पालना गर्नु नपर्ने त्यहाँका गभर्नर तथा अधिकारीहरुले जनाएका छन् ।

annapurnapost

प्रतिक्रिया दिनुहोस

<