त्रिबेणी गाउँपालिकाका २ सय ५० अतिविपन्न घरपरिवारलाई राहत बितरण गरिदै ।

बैशाख २ सल्यान,

सल्यानको त्रिबेणी गाउँपालिकाले गाउँपालिकाका अतिबिपन्न २ सय ५० घरपरिवारलाई राहत सामग्री बितरण गर्ने भएको छ । राहत बितरणको काम आजबाट सुरु गरेको छ । वडा नं. ४ फलाबाङका अति बिपन्न ४० घरपरिवारलाई राहत साम्रगी बितरण गरेको छ ।

लकडाउनको समयभित्र अत्यावश्यक दैनिक सामग्री जोहो गर्न नसक्ने, ज्याला मजदुरी गरि परिवार चलाइरहेका निम्न आर्थिक अवस्था भएका परिवारहरुको पहिचान गरि खाद्यान वितरण गरेको हो ।


वडा कार्यालय बाट पहिचान गरि कार्यालयको सूचनाका आधारमा खाद्यान्न वितरण गरेको हो । खाद्यान्नमा २५ किलो चामल, २ किलो दाल, २ किलो नुन, १ लिटर तेल र सरसफाईको लागि २ ओटा साबुन वितरण गरिएको वडाअध्यक्ष छबिराज शर्माले जानकारी दिए।

त्रिवेणी गाउँपालिकाको जनहितमा जारी सन्देश

लकडाउनको अवधीभर पुग्ने गरी त्रिबेणी गाउँपालिका भित्रका सबै वडाका विपन्न परिवाहरुलाई खाद्यान वितरण गरिने त्रिबेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डांलीले बताए ।

tribeni online

प्रतिक्रिया दिनुहोस

<