सुर्खेत सिम्तागाउपालिकामा विदेशबाट आएका १०१ जनाको र्‍यापिट टेस्ट, सबैको नेगेटिभ 

इन्द्र बुढाथोकी
सल्यान २ बैशाख ।
पुर्वी सुर्खेतको सिम्तागाउपालिकाले आज दोश्रो पटक विदेशबाट आएका १ सय १  जनाको र्‍यापिट डाइगोनिस्टिक परिक्षण गरेको छ भने र्‍यापिट टेस्ट सबैको नेगेटिभ आएको छ । याे परिक्षण गर्ने कर्णाली प्रदेशको पहिलो स्थानीय तह भएको जनाएको छ । अन्य कुनै स्थानीय तहले याे विधि प्रयोग गरेको छैन । भारत तथा विदेशबाट आएका नागरिकको भानु मावी वागेश्वरीमा रहेको क्वारेन्टाइनमा र्‍यापिट टेष्ट मंगलबार गरिएको छ ।
       जिल्ला स्वास्थ्य कार्यलय सुर्खेत कर्णाली प्रदेशका ल्याव असिस्टेन्ट उदय विसि,  प्रेम प्रकाश चपाइ, गाउँ स्वास्थ्य शाखा संयोजक विरेन्द्र पुन, सन्ताेष वुढा र ल्याब असिस्टेन्ट रन्जिना वलि लगाएतको चिकित्सककाे टाेलि र्‍यापिट परिक्षण गरिरहेकाे छ । भारतबाटआएका १ सय ४५ र अन्य मुलकबाट आएका ७ जना मध्य १ सय ४७ जनाको  र्‍यापिट टेष्ट गरिएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले जानकारी दिनु भएको छ ।
            काेराेना भाइरस (काेभिड-१९) काे राेकथाम तथा नियन्त्रणका लागि यसकाे निदान र उपचार विधि आरडिटि स्कृनिङ विधि अवलम्बन गर्ने याे पहिलो स्थानीय तह रहेको छ । यसरी अन्य गाउँपालिका तथा नगरपालिकाले गरेको पाइदैन । देशमै याे समयमा अधिमतम कम क्षेत्रमा मात्रै याे विधि प्रयोगमा आएको छ । चैत्र २८ गते शनिबार गरिएको परिक्षणमा ४६ जनाकाे  र्‍यापिट टेष्टमा सबैको नेगेटिभ रिपोर्ट आएको थियो भने आज मंगलबार  १ सय १ जनाको गरिएको अध्यक्ष केसिले जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

<