अनुमति विनानै चलाई रहेको गाडी प्रहरी नियन्त्रणमा

प्रकाश शर्मा

वैशाख २, सल्यान

लकडाउनमा अनुमती विना नै गाउँमा मदिरा लगायत आद्यन्न बिक्री गरी रहेको अवस्थामा प्रहरीले गाडी नियन्त्रण लिएको छ । जिल्लाको दार्मा गाउँपालिका २ झ्यारीबाङ्गमा प्रशासनको अनुमती बिना मदिरा तथा अन्य आद्य पदार्थ विक्री गरी रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

रुकुमको झुल्नेटाबाट सामान ल्याएर आएको लु २ च ५२२५ न को जीप नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय फारुलाचौरले जनाएको छ । सामान विक्री गर्नका लागि आवश्यक प्रमाण पत्र नपुगेपछि गाडी र गाडीमा रहेका खाद्यन्न नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दार्मा गाउँपालिका हक हित संरक्षण समितिको वैठ्कले अनाधिकृत रुपमा ल्याइएका मदिरा तथा खाद्यन्न प्रहरी कार्यालयमा सिल गरी राख्ने निर्णय समेत गरेको छ । सिल गरिएको सामानमा धेरै मदिरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

<