सिरहा बम विष्फोट : गम्भीर घाइतेलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइयो

सिरहा, १ चैत ।

सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विष्फोटबाट गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

सिरहाको धनगडीमाई नगरपालिका–४ सिरहाका ३५ वर्षीय दिनेश भण्डारीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो । मालपोत कार्यालय लहानको पहिलो तल्लामा रहेको मोठ शाखामा आइतबार दिउँसो १ बजेतिर भएको विष्फोटमा परी आठ जना घाइते भएका थिए ।

घाइते नासु शिवकुमार यादवलाई भने एम्बुलेन्समा विराटनगर लगिएको छ ।

अन्य ६ जना घाइतेको लहानमै उपचार भइरहेको छ । घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ । तर, कसैले पनि अहिलेसम्म औपचारिक रुपमा घटनाको जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया दिनुहोस

<