०१ चैत्र, २०७७ ।
सल्यान
सल्यान उद्योग वाणिज्य संघ सल्यानको नयाँ नेतृत्व चयनका लागि शनिवार सल्यानको प्रमुुख व्यापारिक केन्द्र श्रीनगरमा निर्वाचन भएको थियो । उक्त निर्वाचनमा भाग लिन पाउने मतदाताको संख्या २३३८ रहेको थियो । तर तीमध्ये २००३ जनाले मात्र मतदान गरेका छन् । प्रतिशतका हिसावले उक्त संख्या करीब ८६ प्रतिशत हुन जान्छ । शनिवारै मध्यरातीबाट सुुरु भएको मत गणना आईतवार अपरान्ह ४ बजेसम्म आधा (१००० मत गणना ) मात्र सम्पन्न भएको छ । अँझै करीब आधा मत (१००३ मत ) गणना गर्न बाँकी देखिन्छ ।
हालसम्मको नतिजा अनुुसार केपी ओली नेतृत्वको एमाले, कांग्रेस र राप्रपा समर्थकहरुको संयुुक्त प्यानल अगाडि देखिएको छ । हुनत त कडा प्रतिश्पर्धा देखिन्छ ता पनि प्रगतिशिल प्यानलका थोरै उम्मेद्वार मात्र अगाडि देखिन्छन् ।
उद्योग उपाध्यक्ष शंकर यरी, महासचिव मोहन सारु, जनजाती सदस्य निरजसिंह , दलित सदस्य प्रकाश परियार र खुला सदस्य रेशम बहादुर खड्का मात्र प्रगतिशिल (प्रचण्ड माधव पक्ष) बाट अगाडि छन् । बाँकी सवै सदस्यहरु संयुुक्त प्यानलबाटै अगाडि छन् । त्यति धेरै अन्तर नदेखिएकोले सवै जनाको ढुुक्क हुने अवस्था भने देखिदैन । प्रतिश्पर्धिहरुले प्राप्त गरेको मत सरदर ५० भन्दा बढीको देखिदैन ।
मतगणनाको काम आइतवार समेत नसकिने आँकलन विभिन्न क्षेत्रबाट भईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस