सल्यान उद्योग वाणिज्य संघको निर्वाचनमा ८६ प्रतिशत मत खस्यो, मतगणनाको काम सुुरु

सल्यान, २९ फागुन ।

सल्यान उद्योग बाणिज्य संघ सल्यानको मतदान सकिएको छ । शनिबार भएको मतदानमा ८६ प्रतिशत मत खसेको छ । २ हजार ३ सय ३८ जना कुल मतदाता रहेकोमा २ हजार ३ जनाले मतदान गरेका छन् । निर्वाचनमा ३ सय ३५ जना मतदाता भने अनुपस्थित रहेको प्रमुख निर्वाचन अधिकृत विर बहादुर सेजवालले जानकारी दिए । संघको चुनावमा राजेन्द्र कुमार थापाको नेतृत्वमा प्रगतिशिल व्यवसायिक प्यानल र कुमार बुढाथोकीको नेतृत्वमा संयुक्त व्यवसायिक प्यानल बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । उद्योग बाणिज्य संघको २१ सदस्यीय कार्यसमितिका लागि दुवै प्यानलबाट ४२ जनाले उम्मेदवारी दिएका छन् । मतगणना सुुचारु भैसकेको छ ।

मतदाताहरुले व्यवसायिहरुको हितमा काम गर्ने र व्यवसायिक क्षेत्रको विकास र बृद्धिको लागि पहल गर्ने उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिएका छन् । निर्वाचनको लागि प्रचण्ड–नेपाल पक्षको समर्थनमा प्रगतिशिल व्यवसायिक प्यानलबाट अध्यक्षमा राजेन्द्र कुमार थापाले उम्मेदवारी दिनुभएको छ । जसमा वरिष्ठ उपाध्यक्षमा हरिलाल डिसी, वाणिज्य उपाध्यक्षमा बिरेन्द्र प्रकाश भण्डारी, उद्योग उपाध्यक्षमा शंकर यरी, महासचिवमा मोहन सारु, सचिवमा बिकास डिसी र कोषाध्यक्षमा अशोक कुमार बोहोरा रहेका छन् । महिला सदस्यहरु छपी वली, हिरा चन्द, बिमला गिरी, दलित सदस्यमा प्रकाश परियार, जनजाती सदस्यमा निरज सिंह, अल्पसंख्यक सदस्यमा मोहमद अक्तर राजा, खुल्ला सदस्यहरुमा रेशम बहादुर खड्का, सिता केसी, भुवन भट्ट, जयराम सिंह, पल्वीर नेपाली, हरी बहादुर दमाई, इश्वरी प्रसाद गौतम र बस्तुगत सदस्यमा राकेश जैसीले उम्मेदवारी दिएका छन् ।

यस्तै नेपाली काँग्रेस, केपि ओली पक्ष र राप्रपाको समर्थनमा संयुक्त व्यवसायिक प्यानलबाट कुमार बुढाथोकीले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।  । जसअनुसार वरिष्ठ उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा भरत कुमार बस्नेत, उद्योग उपाध्यक्षमा प्रेम बहादुर पुन, महासचिवमा रुपक बुढा, सचिवमा सुरेश केसी र कोषाध्यक्षमा सुरेन्द्र बुढा रहेका छन् । यस्तै महिला सदस्यहरु सरिता रावल गिरी, अमृता कुमारी बोहरा, लक्ष्मी सार्की, दलित सदस्यमा अर्जुन नेपाली, जनजाती सदस्यमा कमल घर्ती मगर, अल्पसंख्यक सदस्यमा जब्बार अली, खुल्ला सदस्यहरुमा निर्मल कुमार शर्मा, सोभाराम बस्नेत, भिम बहादुर वली, निम बहादुर रोका, जेत वहादुर खड्का, जय कृष्ण शर्मा, झक्कु प्रसाद रावत र बस्तुगत सदस्यमा मेघराज सुनार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

<