भारतीय सेनामा भर्ती हुन नेपालीको भीड

 पोखरा, २९ फागुन ।
भारतीय सेनामा भर्ती हुन पोखरामा युवाहरु परीक्षामा जुटेका छन् । पोखराको अञ्चल प्रहरी कार्यालय परिसरमा मंगलबारदेखि पाँच दिन भारतीय सेनाका लागि नेपाली युवा छनोट गरिन लागेको हो ।

कास्की र स्याङ्जाका युवा छनोट परीक्षामा सामेल छन् । आजको अन्नपूर्णमा समाचार छ– भारतीय सेनामा भर्ती हुने रहरले पोखरामा २६ जिल्लाका युवा परीक्षाका लागि तयारीमा जुटेका हुन् ।

भर्ती प्रकृया सञ्चालन गर्न गोरखपुरबाट टोली आएका छन् । निर्धा्रित परीक्षा उत्र्तीण हुने सबैलाई भर्ती लिने भारतीय अधिकारीले बताएका छन् । यो प्रकृयाबाट वर्षेनी २५ सयदेखि तीन हजार युवा भारतीय सेनामा भर्ती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

<