छताछुल्ल भ्यालेन्टाइन्स ‘डे’, संस्कृति कि विकृति ?

२०७६ फाल्गुन, २ गते ।
आयतीत संस्कृतिका रुपमा रहेको भ्यालेनटाईन पछिल्लो समय माया साट्ने अवसर भन्दा विकृतितिर अघि बढेको गुनासो बढ्न थालेको छ ।

सार्वजनिक स्थान, पार्क जस्ता ठाउँमा युवायुवतीले देखाउने छताछुल्ल प्रेमले छाडापन बढेको छ भने समाजमा नकारात्मक असर पर्ने देखिन्छ ।

फेब्रअरी १४ अर्थात प्रेम जोडीले प्रेमभाव देखाउने दिन हो प्रणय दिवस अथवा भ्यालेनटाईन्स् ‘डे’ ।

शुरुमा पश्चिमा देशहरुमा बढी चलेको यो दिवस अहिले प्रत्येक बर्ष फेब्रअरी १४ मा विश्वभरी भ्यालेनटाईन्स् ‘डे’ का रुपमा मनाइन्छ । प्रेमिप्रेमिकाको मनोभाव बुझ्ने र प्रेमकै कारण प्राण उत्सर्ग गरेका रोमका पादरी सेन्ट भ्यालेन्टाइनको सम्झनामा मनाइने दिवस युवा पुस्ताको आकर्षण नै भएको छ ।

आफुले चाहने अथवा मनदेखि प्रेम गर्ने मान्छेलाई गुलाफको फुल उपहार दिएर प्रेमको व्यक्त गर्ने पराम्परा नै भ्यालेनटाईन अथवा प्रेम, प्रणय दिवस हो ।

विश्वका करोडौँ मानिसले १४ फेब्रुअरीलाई प्रेमको सुखद दिनका रुपमा मनाउदै आएका छन् । युरोपबाट शुरु भएको यो चलन त्यहाँ मात्रै सीमित नरहेर पछिल्लो समयमा विश्वभर नै फैलिएको छ । यसैको नमूनाका रुपमा नेपालमा पनि हरेक वर्षको १४ फेब्रुअरी दिन भ्यालेन्टाइन डे मनाइदै आइएको छ ।

कसरी मनाउने ?
विश्वव्यापी मान्यता पाएको भ्यालेन्टाइन डे ले नेपाली समाजमा वर्चश्व कायम मात्र गरेको छैन, प्रेम व्यक्त गर्ने निकै उपयुक्त क्षण पनि बनेको छ ।

युवामाझ लोकप्रिय रहेको यो दिवस प्रेमी प्रेमिकालाई मनपर्ने उपहार, फूल, ग्रेटिङ कार्ड आदानप्रदान गर्नका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसर हो । प्रेममा रहेकाहरु भने आफ्नो मायालुसंग भेटेर, गफगाफ गरेर, मिठो खाने कुरा खाएर, मन पर्ने ठाउँ घुम्न गएर मनाउने गर्दछन् ।

यो दिन गुलाफको फूल आफुले माया गर्ने व्यक्तिलाई दियो भने प्रेम सम्बन्धमा मिठास आउने विश्वास छ । फेब्रअरी ७ बाटै प्रेमको सप्ताह सुरु हुन्छ ।

अनि भ्यालेन्टाइन डेसँगै समापन हुन्छ । यो दिवसका लागि यस बर्ष डेढ करोड बराबरको ५ लाख स्टीम गुलाफ भारत लगायतका देशबाट आयात भएको छ ।

अन्य दिनको तुलनामा भ्यालेनटाईनको दिन गुलाफको कारोबार बढी हुन्छ । भ्यालेन्टाइनमा युवापुस्ताले मात्र नभई विवाहित महिला पुरुषले पनि एक अर्कामा माया गरेको आभाष दिलाउने भन्दै उपहार स्वरुप गुलापको फूल दिने गरेका छन् ।

के छ इतिहास ?
प्रणय दिवसको इतिहास हेर्दा रोमका पादरी सेन्ट भ्यालेन्टाइनले सम्राट्को आदेश उल्लङ्घन गर्दै धेरै प्रेमिल जोडीको विवाह गराएका थिए । सम्राटकै आदेश नमानेको भन्दै उनलाई १४ फेब्रुअरीमा मृत्युदण्ड दिइएको थियो । यसरी प्रेमिल जोडीको मिलन गराउन प्राण नै उत्सर्ग गर्ने भ्यालेन्टाइनकै सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

विकृति पनि ?
उसो त, आयतीत संस्कृतिका रुपमा रहेको भ्यालेनटाईन पछिल्लो समय माया साट्ने अवसर भन्दा विकृतितिर अघि बढेको गुनासो पनि बढ्न थालेको छ । सार्वजनिक स्थान, पार्क जस्ता ठाउँमा युवायुवतीले देखाउने छताछुल्ल प्रेमले छाडापन बढ्ने र समाजमा नकारात्मक असर पर्ने देखिन्छ । यसतर्फ अहिलेको युवापंक्ति संवेदनसिल बन्न आवश्यक भने पक्कैं छ ।

प्रतिक्रिया दिनुहोस

<