परिवार संग सम्पर्क बिहीन बनेका श्रेष्ठलाइ घर फर्किन परिवारको आग्रह

प्रहरीद्वारा खोजतलास जारी

सल्यान, २ फाल्गुन ।
जिल्लाको शारदा नगरपालिका वडा नम्बर ३ खलंगा निवासी आइएमइ सञ्चालक उत्सव श्रेष्ठ विगत ११ दिन देखी घर परिवाको सम्पर्कमा नआउँदा परिवारले खोज तलाशीका लागी सबैमाम अनुरोध गरेको छ ।

श्रेष्ठकी पत्नी संगीता श्रेष्ठका अनुसार माघ २१ गते बिहान छोराको छैठी गरेको र खाना खाएर करिब १० बजेतिर पतिले सधैंजस्तै आइएमइ खोल्नु भएको हो । केही समय पछि नियमित सेवाग्रही आउँदा दुई जना सेवाग्राहीसंग केही भनसुन भएको थियो ।

सेवाग्राहीहरु कराइ रहेको आफुले सुनेको र त्यसपछि उहाँ कहाँ जानुभयो आफुलाई थाहा नभएको उहाँकी पत्नी संगीताले बताउनु भयो । उहाँले प्रहरीमा समेत खोज तलासीका लागि निवेदन दिइ सकेको समेत जानकारी दिनु भएको छ ।

सम्पर्क बिहीन हुनु भएका श्रेष्ठलाई कोही कसैले देख्नु भएमा मोवाइल नं ९८४७८४४५८४ मा खबरगरी सहयोग गरीदिन हुँन परिवारले अनुरोध गरेको छ । उहाँ संपर्क बिहीन भएदेखी उहाको सम्पूर्ण परिवार अत्यन्त दुखी र चिन्तित भएको छ ।

यता जिल्ला प्रहरी कार्यालय सल्यानले घरबाट सम्पर्क बिहीन भएका श्रेष्ठको खोजतलासी गरि दिन भनेर निवेदन आएको दिन देखी खोजतलासी शुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले श्रेष्ठको खोजतलासका लागि मातहतका प्रहरी युनिटलाई नाम र हुलिया सहित खबर गरि सकेको र खोज तलास जारी रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

<