शनिवार निखिल उप्रेती सल्यानको प्रादेशिक महोत्सवमा

फागुन,२ सल्यान।
सल्यान उद्योग बाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्सव २०७६ को चौथो दिन शनिबार नायक निखिल उप्रेती आउने भएका छन । दर्शकको माग अनुसार पछील्लो समयका चर्चित नायक उप्रेतीलाई महोत्सव ल्याउन लागेको आयोजले जनाएको छ।

नेपाली चलचित्र हामी तीन भाइ, दाइको ससुराली, निखिल दाइ, संरक्षण, भैरब जस्ता धेरै नेपाली चलचित्रहरुबाट चर्चाको शिखर चुमेका नायक निखिल उप्रेती महोत्सवमा आउने महोत्सव आयोजकले जानकारी दिएको छ । निखिल संगै लोक गायक शक्ति चन्द, गायिका बिन्दा परियार, मोडेल अस्मिता पुरी पनि आउने भएका छन ।

हरेक दिन फरक फरक कलाकारको प्रस्तुति रहने महोत्सवमा शनिबारको रौनक फरक हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

<