पाँच दिने उद्यम बिकास तालिम सल्यानको बरलामा शुरु

सल्यान, २ फाल्गुन ।
सल्यानको बरलामा उद्यम बिकास तालिम शुरु भएको छ । साना किसान बिकास लघुबित्तिय संस्था लिमिटेड सुर्खेतको आयोजनामा बिहीबार देखी शुरु भएको तालिम सोमबार सम्म सञ्चालन हुने छ ।

तालिममा सल्यान जिल्लाका १० वटा साना किसान सहकारी संस्थाका ३० जना सदस्यको सहभागिता रहेको छ । प्रगतिशिल साना किसान सहकारी संस्थाका अध्यक्ष धर्म बहादुर थापाको अध्यक्षता एवम् शारदा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भिकराज बुढाथोकीको प्रमुख आतिथ्यता तालिम उद्धाटन गरिएको हो ।

सो अबसरमा बोल्दै वडाअध्यक्ष बुढाथोकीले तालिमा सिकेको कुराहरु ब्यबहारमा लागु गर्दै ब्यबहार परिर्वतन गर्न सझाव दिनुुभयो । तालिममा ब्यबहार परिवर्तन, उद्यमी कृषक आत्मनिर्भर सम्बन्धी कुराहरु सिकाईने जित प्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

<