काठमाडौं, २९ पौष ।
कार दुर्घटनामा परेर गायक निशान भट्टराईको मृत्यु भएको छ । गएराति काठमाडौंको दरबारमार्गमा रहेको एक रेष्टुरेन्टबाट फर्किने क्रममा आफैंले चलाएको कार तीनकुनेमा दुर्घटनामा परेको थियो । गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो ।
ट्रमा सेन्टरमा उपचारकै क्रममा उनको मृत्यु भएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
ढकालका अनुसार गायक भट्टराई आफैैंले कार चलाएका थिए । उनले चलाएको कार तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएको थियो ।
गायक भट्टराईको ‘कामनाले भरिएको‘’ पहिलो गीत हो । दीर्घ सिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए ।
‘माया गर माया गर‘’ उनको अर्को लोकप्रिय गीत हो । यसमा महिला स्वरमा सुकमित गुरुङले भट्टराईले साथ दिएकी छन् । उनको अर्को लोकप्रिय गीत ‘हेर धर्ती‘’ हो ।
यो गीत नेपाल आइडल सिजन वानका प्रतिस्पर्धी निशान भट्राईले गाएपछि नयाँ पुस्ता माझ पनि लोकप्रिय भएको थियो ।
प्रतिक्रिया दिनुहोस