देउवा नगएपछि संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं, २८ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

आज बिहान ९ बजे बस्ने भनिएको बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष मात्र उपस्थित भएपछि कोरम नपुगेर बैठक स्थगित भएको स्रोतले बताएको छ ।

विपक्षी दल कांग्रेसका नेता शेरवहादुर देउवा बैठकमा नआउने भनेर जानकारी गराइसकेका थिए।

संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार परिषद्को बैठक बस्न ६ सदस्यमध्ये करिब ५ जना उपस्थित हुनुपर्ने प्रावधान छ ।

उपसभामुख पद रिक्त भएकाले एक जना मात्रै उपस्थित नभए पनि बैठक स्थगित हुन्छ ।

प्रतिक्रिया दिनुहोस

<