आइतबार थप एक हजार ३९ जना संक्रमितसहित, नौ जनाको मृत्युु


काठमाडौं, २८ भदौँ ।
नेपालमा कोरोना भाइरसका एक हजार ३९ जना सङ्क्रमित थपिएका छन् । आइतबार गरिएको आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा आइतबार थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५४ हजार १५९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

आइतबार एकहजार १७३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३८ हजार ६९७ पुगेको छ ।

संस्थागत आइसोलेसनमा सातहजार ७३१ र होम आइसोलेसनमा सातहजार २८७ रहेका छन् । सकृय सङ्क्रमितहरू १५ हजार ११७ रहेका छन् । क्वारेन्टिनमा छहजार ५३६ रहेका छन् । आइतबार नौ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना भाइरसका कारण मृत्यु हुँनेको संख्या ३४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

<