सल्यान मा एक व्यक्तिले गरे जग्गा दान, शालिक मा उनको लेखिने भयो नाम

सल्यान,२६ भाद्र ।
सल्यानमा एक व्यक्तिले स्वास्थ्य चौकी को लागी ५ रोपनि जग्गा दान गरेका छन ।
जिल्ला को सिद्धकुमाख गाउ पालिका– २ कुइयाझोल निवासी स्थानिय मोहन लाल वुढाथोकीले स्वास्थ्य चौकी सिद्धेस्वरी को लागी ५ रोपनी जग्गा दान गरेका हुन ।

विहीबार २ नम्बर वडा का वडा अध्यक्ष रुद्ध वा वुढाथोकी र स्वास्थ्य चौकी इन्चार्ज विनोद के सी को उपस्थिति मा उक्त जग्गा दान गरेका हुन । वडा ले १ हप्ता को समय दिदै सुचना प्रकाशन गरेको थियो । जग्गा दिन को लागी अरु स्थानिय ले पनि जग्गा दिन मानेता पनि उनको सबैको पाएक पर्ने भएको ले उक्त जग्गा छनोट गरेको वडा अध्यक्ष वुढाथोकी ले वताए ।

जग्गा दान गर्न पाउदा आफु लाइ भाग्यमानी ठानेको छु । उनले भने त्याहा का स्थानिय धेरै स्वास्थ्य को समस्या भाग्दै आएका थिए । अव त्यो समस्या हटेको छ ।

स्वास्थ्य चौकी नजिकै एउटा शिलालेखमा उनको नाम लेख्ने र उनलाइ एक समारोह का साथ प्रसंसा पत्र ले सम्मान गर्ने र उनलाइ स्थानिय सरकार वाट सक्दो सहयोग गर्ने वडा अध्यक्ष एंवम स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष वुढाथोकी ले वताए ।
प्रदेश सरकार वाट वर्थिङ सेन्टर को लागाी भनेर २५ लाख वजेट विनीयोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

<