सल्यानमा लामो समयदेखि फरार अभियुक्त धमाधम पक्राउ

एक महिनामा १०३ पक्राउ

सल्यान, २९ साउन ।

बन्दाबन्दीको मौकापारी सल्यान प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न अभियानलाई तिव्रता दिएको छ । विभिन्न अभियोगमा फरार अभियुक्तहरुलाई खोजतलास गर्ने क्रममा गाउँघरबाटै फरार प्रतिवादी पक्राउ गर्न थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय सल्यानले एक महिनाको अवधिमा एकसय ३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतले फैसला गरी फरार रहेका उनीहरुलाई अहिले अनुसन्धान गरी पक्राउ गर्दै आइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विशेषगरी कर्तव्य ज्यान, लुटपिट, कुटपिट, सम्बन्ध विच्छेद, चोरी सिकारी लगायतकाअभियुक्तहरु फक्राउ गरिएको छ । ३ सय ५५ फरार प्रतिवादी मध्ये हालसम्म १ सय ३ जनलाई पक्राउ गरी अदालतमा बुझाईएको प्रहरीको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जनाए ।
फरार प्रतिवादीलाई जिल्लाभर प्रहरी परिचालन गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बन्दाबन्दीको समयमा घरमै लुकीछिपि बसी रहेको अवस्थामा दैकिन ८ देखि १७जना सम्मलाई पक्राउगरिएको छ । पक्राउ परेका प्रतिबादी ३१ जना कैद भुक्तानी गर्नको लागी कारागार चलान भएका छन भने ७० जना जरिवानातिरेर मुक्त भएका छन ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार फरार सूचिमा रहेका मध्ये ३० जनाको मृत्यु, नाम थर फरक परेका ६५, भारतमा रहेका ५३ , तेस्रो मुलुक १४, बेपत्ता ९, बसाई सराइ गरी अन्य जिल्लामा ५६, अन्य २५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

<