चुनावमा दिएको आश्वासन पुरा गर्न नसक्दा पुरुष मेयर महिलाको भेषमा

साउन २२ गते,

चुनावमा घरघर पुगेर विभिन्न सपना देखाउने र चुनाव सकिए लगत्तै खोज्नु पर्ने नेता तपाई हामीले भोगेका छौं । संसारका विभिन्न देशहरुमा जनताको सामान्य भन्दा सामान्य प्रतिक्रिया प्रति पनि गम्भीर सम्वेदनशील नेताहरुका कारण ती देश अहिले विकशित देशका रुपमा आफूलाई उभ्याउन सफल भएका छन् ।

हाम्रो देशमा चुनाव जित्न अनेक तिकडम अपनाउने र चुनाव जितेपछि आफूले गरेका बाचाहरु बिर्सिने परम्परा नै रही आएको छ । नेताले आफूले जनता सामु गरेका बाचा पुरा नगर्दा कसरी आत्मग्लानी महशुस गर्नुपर्दो रहेछ, यद्दपी यसलाई एक सनक भने मान्न सकिन्छ, आउनुहोस् यो घटना हेरौंः–

मेक्सिकोका एक मेयरले आफूले चुनावका समयमा सहरवासीहरुलाई दिएको आवश्वासन पुरा नगर्दा आफूले आफैंलाई सजाय दिएका छन् । त्यसका लागि पुरुष मेयर आफूले महिलाका कपडा लगाएर सहरका सडकमा घुमेका छन् । जेवियर जिमनेज नाम गरेका ती मेयरको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उनी लामो स्कट र सेतो चोलो लगाएर सहरका सडकमा घुमेको भिडियोमा देखा परेका छन् । उनीसँग एक अधिकारी पनि त्यस्तै प्रकारको भेषमा देखिएका छन् ।

उनीमाथि यस्तो आरोप सहरवासीहरुले उनलाई सरकारी रकम आफ्नो समुदायका मानिसहरुमा वितरण गरी अनियमितता गरेको आरोप लगाएका छन् । सहरको विकासमा खर्च गर्नुपर्ने १।८ करोड रुपैयाँ उनले आफ्नो समुहमा बाँडेका थिए । त्यति मात्र नभएर चुनावमा उनले गरेका आश्वासन पुरा नगरे पछि नगरवासीहरुले उनी विरुद्ध पोस्टर पनि टाँसेका थिए । जनस्तरबाट यस्तो बिरोध भएपछि उनले पनि सनकमा यस्तो गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस