सल्यान, २९ असार ।
सल्यानका थप ३४ जना कोरोना संक्रमितले कोरोनालाई जितेर घर फर्किएका छन् । जिल्लाको सदरमुकाम खलंगा स्थित लुहापिङ आइसोलेसनमा रहेको ३४ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।
पछिल्लो पटक गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
यससँगै सल्यानमा कोरोना जितेर घर फर्किनेको संख्या २ सय ८ पुगेको कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो ।
यसअघि जिल्लाका १ सय ७४ जनाले कोरोनालाई जितेर घर फर्किएका थिए । जिल्लामा हाल सम्म २ सय २५ जनामा कोरोना पुष्टी भएको छ ।
डिस्चार्ज भएका सबैलाई एक साता होम क्वारेन्टाइनमा बस्न सुझाव दिईएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस