दलित सेवा संघ सल्यानद्वारा सल्यानका तीन स्थानीय लाई १०/१० हजार सहयोग

कोराना भाईरस (कोभिड १९) को महामारी रोकथाम तथा न्युनिकरणका लागी स्थानिय तहमा स्थापना गरिएको कोरोना रोकथाम तथा बिपद् जोखिम राहत कोषमा दलित सेवा संघ सल्यानले सहयोग गरेको छ । संघले सल्यानका तीन स्थानीय सरकारलाई दश दश हजारका दरले चेक हस्तान्तरण गरेको हो । दलित सेवा संघको पहल तथा दातृ निकाय बिकास कोष नर्बेको सहयोगमा उक्त रकम जिल्लाका शारदा नगरपालिका, बनगाड कुपिन्डे नगरपालिका र कालीमाटी गाउपालिकामा सहयोग गरिएको हो ।


शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेत, बनगाड कुपिन्डे नगरपालिका प्रमुख गोबिन्द पुन तथा उपप्रमुख मञ्न्जु यरी र कालीमाटी गाउपालिपका अध्यक्ष दान बहादुर केसी तथा उपाध्यक्ष सहनशिलता वलीलाई संस्थाका कार्यक्रम संयोजक यज्ञ कुमार बिकले चेक हस्तान्तरण गर्नु भएको हो । चेक बुझ्दै बनगाड कुपिन्डे नगरपालिका प्रमुख पुनले बिश्वभरी फैलिएको कोरोना भाईरसको बिरुद्ध लड्न गैरसरकारी संस्थाको ठुलो योगदान रहेको र यस्तो बिपत्तिमा सहयोग गर्ने दलित सेवा संघ सल्यान र दातृ निकायलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

<