बनगाड कुपिण्डे नगरपालिकामा ७ सय ३६ घरधुरीलाई राहत वितरण

इन्द्र बुढाथोकी सल्यान ३१ बैशाख

सल्यान बनगाड कुपिण्डे नगरपालिकाले राहत वितरण गरेको छ  । बैशाख ६ गते  देखि १ न वडा बाट राहत वितरण गर्न सुरु गरेको  नगरपालिकाले पहिलो चरणको अति विपन्न घरपरिवारलाई १२ वटै वडाका ७ सय ३६ घरपरिवारलाई राहत वितरण गरेको छ ।

कोरोना भाइरसको कारण देश लकडाउनका कारण दैनिक जीवनयापन गर्न कठिनाइ भोग्दै आएका परिवारहरूको विवरण सङ्कलन गरी राहत वितरण गरिएको नगर प्रमुख गोविन्द कुमार पुनले बताउनु भएको छ ।

असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा असाहयहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी वडा स्तरबाट सङ्कलन भएको तथ्याङ्कमा पूर्ण छलफल गरी एक घरधुरीलाई दुई हजार बराबरको सामाग्री प्रदान गरिएको उनको भनाई छ ।

बनगाड कुपिण्डे नगरपालिका १ न वडाका १२६ घरधुरी, २ न वडाका ३७ घर, ३ न वडाका २५ घर, ४ न वडाका ७९ घर, ५ न वडा ८२ घर, ६ न वडाका ३० घर, ७ न वडाका ६१ घर, ८ न वडाका ६२ घर र ९ न वडाका ५१ घर, १० न वडाका ७० घरपरिवार, ११ न वडाका ६६ घरपरिवार, र १२ न वडाका ४७ घरपरिवार लाई गरि जम्मा ७ सय ३६ घरधुरीलाई २५ किलो चामल, ४ किलो दाल, २ लिटर तेल, २ वटा साबुन, २ पोका नुन राहत वितरण गरिएको  नगर उप प्रमुख मन्जु यरिले बताउनु भएको छ ।

दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्ने र विपन्न समूहलाई राहत वितरण गरेका छन् । दिनभर काम गरेर साँझ बिहानको छाक जुटाउनेको समस्या भएका, जागिरी, पेशा, व्यवसाय, खेतवारी वैदेशिक रोजगारीमा नभएकाहरु लाई वितरण गरेका छन ।

त्यसैगरी बिपन्न परिबारका एकल महिला, अपाङ्ग, दीर्घरोगी, जेष्ठ नागरिकहरुलाई समेत गरि  विपद व्यवस्थापन समितीको छनौट र नगर कार्यपालिकाको निर्णय बमोजिम पहिलो चरणमा जम्मा ७ सय ३६ घरधुरीलाइ राहत सहयोग उपलब्ध गराइएको र आवश्यकता अनुसार दोश्रो चरणमा पनि राहत वितरण गरिने नगरपालिका निमित्त प्रमुख  प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

<