मानिसहरुमा आद्यात्मिक चिन्तन बढ्दै , लकडाउनकै बीच पनि चलिरहेको छ पुजा आराधना

 

baishakh 1, 2077

salyan

छिमेकी राष्ट्र चीनबाट फैलिएको कोरोना भाईरसको संक्रमण विश्वमा नै बढ्दै गई रहेको सन्दर्भमा नेपालमा पनि संक्रमण फैलना नदिने भन्दै चैत्र ११ देखि शुुरु भएको लकडाउनले आजसम्म निरन्तरता पाईरहेको छ । यतिवेला मान्छेको भिडभाडमा रोगको संक्रमण बढ्ने भन्दै देशभरका मन्दिरहरुमा भक्तजनको भिडभाड रोकिएको छ । कतिपय मन्दिरहरु ताला लागिरहेका छन्, कतिपयमा पुजारीले मात्रै नित्य पुजा आराधना गरेको अवस्था छ भने कतिपय मन्दिरहरुमा भक्तजनको पातलो उपस्थिति पनि हुने गरेको छ । तर मन्दिरै नपुुगेता पनि मानिसहरुले घरमै वा यथास्थानमै बसेर देविदेवताप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका पनि छन् ।

यसै सन्दर्भमा सल्यानको शारदा नगरपालिका १, शीतलपाटीको रुद्रेश्वर महादेव शिव मन्दिरमा पनि भक्तजनहरुले आश्था भाव प्रकट गरिरहेका छन् । लकडाउन अवधिबीच अरु समयमा दर्शनार्थी नआएको भएता पनि नयाँ वर्षको दिनमा भने विहानैदेखि एक पटकमा दुुई तीन जना गर्दै पालैसित ६०–६५ जना भक्तजनहरु आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामसिंह बुुुुढाथोकीले जानकारी दिएका छन् ।

भक्तजनलाई भिडभाड् नगर्ने गरी पुजा आराधनाको व्यवस्था मिलाएको अध्यक्ष तथा पुजारीले जानकारी दिए । उक्त रुद्रेश्वर महादेव शिव मन्दिर निकै पुरानो र ऐतिहासिक भएकोले पनि यसको महत्व रहेको स्थानीयले बताउने गरेका छन् । भगवानप्रतिको आश्थाले मानिसमा सकारात्मक चिन्तन बढ्दै गएको मन्दिर व्यवस्थापन समितिका सचिव रत्न श्रेष्ठ तथा अध्यक्ष बुुढाथोकीले बताए । उक्त मन्दिरका पुजारी हाल गणेश शर्मा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

<