१८ औं राष्ट्रिय ज्योतिष सम्मेलनको आर्थिक संयोजकमा सन्तोष गौतम

2077-29 falgun

नेपाल ज्योतिष परिषदको १८ औं राष्ट्रिय सम्मेलन दाङ जिल्लाको घोराहीमा सञ्चालनका लागि विभिन्न उपसमिति गठन गरिएको छ । २०७७ साल चैत्र महिनाको २१ र २२ गते हुने सो सम्मेलन सञ्चालनका लागि विभिन्न उप समिति गठन गरिएको हो । नेपाल ज्योतिष परिषदको १८ औं राष्ट्रिय सम्मेलनका संयोजक सह प्राध्यापक डाक्टर अर्जुन प्रसाद भट्टराईको अध्यक्षतामा ११ उपसमिति गठन गरिएको छ ।


जसमा आर्थिक ब्यवस्थापन उपसमिति संयोजक सन्तोष गौतम ,खिमप्रसाद पौडेल,निमानन्द भुषाल,पधमप्रसाद अधिकारी,नाराययण आचार्य र निमानन्द रिजाल रहनु भएको छ ।

प्रचारप्रसार उपसमिति संयोजक सबिन प्रियासन, प्रकाशन तथा मुद्रन उपसमिति संयोजक ढुण्डीराज ज्ञवाली, मञ्च ब्यवस्थापन उपसमिति संयोजक मुस्कान खनाल, आवास तथा भोजन ब्यवस्थापन उपसमिति संयोजक केशव गौतम, स्वागत सत्कार उपसमिति संयोजक मेघराज आचार्य, सम्मान तथा पदक ब्यवस्थापन उपसमिति संयोजक कपिलदेव सुवेदी, स्यंमसेवक परिचालन तथा ब्यवस्थापन उपसमिति संयोजक अर्जुन कुमार आचार्य, सांस्कृतिक ब्यवस्थापन उपसमिति संयोजक पिताम्वर रिजाल, यातायात ब्यवस्थापन उपसमिति संयोजक ढुण्डीराज खनाल, संघ संस्था समन्वय उपसमिति संयोजक प्रेम प्रसाद भट्टराई रहनुभएको प्रचारप्रसार उपसमिति सचिव ठाकुर प्रसाद देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस