उद्योग बाणिज्य संघ सल्यानको निर्वाचन केहि बेरमा सुुरु हुुदै ः आजै मतगणना पनि सुुरु हुने

२९ फाल्गुन, सल्यान ।

उद्योग बाणिज्य संघ सल्यानको निर्वाचन अब केही बेरमा सुुरु हुदैँ छ । बिहाना ८ वजे देखि सुरु हुने भनिएको मतदानका लागि सम्पूूर्ण तयारी भैसकेको निर्वाचन समितिले जनाएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १ श्रीनगर स्थित उद्योग बाणिज्य संघको भुइ तलामा मतदान हुने भएको छ ।

निर्वाचनका लागि आबश्यक पर्ने सम्पुर्ण तयारी पुरा भएको प्रमुख निर्वाचन अधिकृत वीर बहादुर सेजवालले बताउनुुभएको छ । राजेन्द्र कुमार थापाको नेतृत्वमा प्रगतिशिल व्यवसायिक प्यानल र कुमार बुढाथोकीको नेतृत्वमा संयुक्त व्यवसायिक प्यानल निर्वाचनमा होमिएका छन् ।

उद्योग बाणिज्य संघको २१ सदस्यीय कार्यसमितीका लागि दुवै प्यानबाट गरेर ४२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनलाई सभ्य र ब्यवस्थित रुपमा सम्पन्न गर्नको दुवै प्यानलका अध्यक्षका उम्मेदवार, सुरक्षा निकाय लगाएत सरोकारवालाहरु सँग छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।

सेजवालले मतदानको लागि आबश्यक पर्ने विधि एवम् आचारसंहिता तयार पारिएको जानकारी दिनुभयो । उहाँले भन्नुुभयो ‘निर्वाचनको लागि आबश्यक पर्ने सम्पुर्ण तयारी पुरा भएको छ र ‘ढुक्क भएर मतदान गर्नुहुन सबै व्यवसायिहरुमा हामी अनुरोध गर्दछौँ ।’

संघको निर्वाचनको लागि जिल्लाभर २ हजार ३ सय ३८ जना मतदाता रहेका छन् । प्रमुख निर्वाचन अधिकृत सेजवालले मतदान सकिए लगत्तै आजै मतगणना आचारसंहित तयार पारेर आजै मतगणना शुरु गरिने पनि जानकारी दिनुभयो । यसका लागि मतगणना कक्ष छनोट भैसकेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

<