सल्यान लान्तीकि एक महिलाको दुबै मृगौला बिग्रीयो, आर्थिक स्थिति कमजोर, उपचारमा आर्थिक सहयोग गर्न आग्रह ।

सल्यान, २९ फागुन

दुबै मृगौलाले काम गर्न छोडेपछि सल्यान जिल्ला छत्रेश्वरि गाउँपालिका वडा नम्बर ६ लान्तीकि ४० वार्षिया शखिला बादीको उपचारमा समस्या परेको छ ।

लामो समय बिरामी भयकी नेपालीको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा उपचारपछि ललितपुर स्थित सुमेरु अस्पतालमा रेफर गरिएको र त्यहाँबाट पुनः शिक्षण अस्पतालमा लगिएको उनका श्रीमान अर्जुन बादीले बताए ।

शारदा खोलाको माछा मारेर आफ्नो परिवारको दैनिक जिबिका चलाउन धौधौ पथ्र्यो, झन अब श्रीमतीको दुबै मृगौला फेल भएपछि उपचारको लागि पैसा कहाबाट ल्याउने भनेर आफू चिन्तित भयको बादीले बताए ।

आफू एक्लैले माछा मारेर घरका ६ जनाको परिवार पाल्नु पर्छ, नत सम्पत्ति छ नत पैशा नै, बादीले भने । उपचारको लागि रिन ल्याएको १ लाख पैसा पनि सकिएको र उपचार पनि नभैसकेकोले झनै समस्या भएको छ , उनले भने ।

उपचारको लागि आर्थिक सहयोग गरिदिन उनले सवैसंग आग्रह समेत गरेका छन । पैसा आउने ठाउँ कतै छैन, कसरी उपचार गराउ माछा मार्न पनि बन्दभयो उनले भने । त्यसैगरी गरिब परिवारमा एक्कासी यति ठूलो संकट आएको भन्दै उपचारका लागि आफन्तीहरु समेत चिन्तित बनेका छन् । मृगौला पीडितका बुबा गम बहादुर बादीले छोरीको उपचार कसरी गर्ने भनेर आफु निकै चिन्तित बनेको बताए ।

आर्थिक स्थिति एकदमै कमजोर तथा बिपन्न परिवार भएको र त्यसैमा पनि मृगौला नै खराबी भई जीवन मरणको स्थितिमा पुगेपछि उपचार गर्न निकै समस्या भएको वडाध्यक्ष चुडामणी दशौंदीले बताएका छन् । साथै उपचारका लागि ठूलो रकम लाग्ने भन्दै सखिला बादीको उपचारमा सवैले सक्दो आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन । त्यस्तै श्रीमान अर्जुन बादीले आर्थिक सहयोगका लागि छोरी अरुणा नेपालीको नाममा कृषि विकास बैंकमा रहेको बैंक खाता ०९१९८०११५७२९६०१८ मा रकम जम्मा गरिदिन अनुरोध गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

<