मौरिपालनबाटै बार्षिक ३० लाख आम्दानी

सल्यान, २८ फागुन ।
सल्यानमा मौरिपालनबाट किसानहरुले राम्रो आम्दानी गर्न थालेका छन् । मैरिपालनको लागि प्रख्यात मानिने कालिमाटीका एउटै किसानले बार्षिक ३० लाखसम्म आम्दानी गरेका छन् । कालिमाटी गाउँपालिका ३ झिगानेका ४० वर्षीय किसान लोकेन्द्र ओलीले यसबर्ष मौरिपालनबाट मात्रै ३० लाख कमाएका हुन् । उनले गत बर्ष २ सय मौरिघार बिक्री गरेर १४ लाख आम्दानी गरेका थिए ।

 

 

 

२०५८ देखि १५ घारमा सेरेना जातका मौरीको पालन सुरु गरेका ओलीसँग अहिले दुई सय बढी घार मौरी छन । परम्परागत विधि त्यागेर आधुनिक घार राख्न थालेपछि आम्दानी पनि बर्सेनि बढ्दै गएको उनको भनाइ छ । उनले वार्षिक आठ क्विन्टल मह उत्पादन गरी बिक्री गर्दै आइरहेको जानकारी दिए । मौरीपालनको आम्दानीले परिवारका चारजना सदस्यको जीवनस्तर बदलिएको उनी बताउँछन  । मौरीसहितको घारलाई घरैबाट सात हजार पाँच सय रुपैयाँमा बिक्री गरिरहेको ओलीले जानकारी दिए । उनका अनुसार स्थानीय बजारमा मह आठ सय रुपैयाँ प्रतिकिलो बिक्री हुने गरेको छ । व्यापारी घरमै मह र मौरीघार खरिद गर्न आउने गरेको उनले बताए ।

झिगानेकै अर्का किसान नेत्रलाल ओलीले पनि ५५ घारमा मौरीपालन गर्दै आएका छन् । उनको गत वर्ष साढे तीन लाख रुपैयाँ आम्दानी भएको थियो भने  प्रत्येक वर्ष आम्दानी बढ्दै गइरहेको छ । झिगाने गाउँका अधिकांश घरमा अहिले व्यावसायिक मौरीपालन हुन्छ । दशकअघि ओलीले मौरीपालनमा पाएको सफलता देखेर गाउँमा मौरीपालनको लहर आएको थियो । अहिले झिगानेका ३० परिवारले व्यावसायिक मौरीपालन गरिरहेका छन ।

मौरीपालनमार्फत स्थानीयवासी पछिल्लो समय आत्मनिर्भर बन्दै गएका छन । प्राय रोजगारको लागि भारतमा जाने यहाँका किसानहरु अहिले गाउँमा आकर्षित भएका छन् । गाउँभर अहिले एक हजार आठ सय मौरीघार छन । गाउँबाट वार्षिक ५० क्विन्टल मह उत्पादन हुने गरेको छरु। बर्से्िन झिगानेका किसानले उत्पादन गरेको सात सय घार मह बाहिर जाने गरेको कृषकको भनाइ छ ।

स्थानीय तह गठनसँगै किसानलाई मौरीपालनमा आकर्षित गर्न विभिन्न कार्यक्रम अगाडि सारिएको गाउँपालिकाले जनाएको छरु। गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले मौरीपालनका लागि अनुकूल वातावरण भएकाले किसानलाई आकर्षित गर्न विभिन्न कार्यक्रम सुरु गरिएको बताए । उनले गाउँमा उत्पादित महलाई विदेशसम्म पठाउने योजना गाउँपालिकाले तयार गरेको जनाए ।

प्रतिक्रिया दिनुहोस

<