मेरो घरमा २० अर्ब राख्ने ठाउँ छैन ः सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं, १ फाल्गुन ।
सञ्चार तथा सुचना प्रविधी मन्त्री एवम् सरकारका प्रवक्तासमेत रहेका गोकुलप्रसाद बाँस्कोटाले सीजी ग्रुपसंग २० अर्ब मागिएको विषयको खण्डन गरेका छन् ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले सिजीसँग पैसा मागेको भन्ने आरोप झूटो समेत भएको दाबी गरे। उनले भने, ‘साथीहरुले मलाई चौधरी ग्रुपसँग २० अर्ब माग्यो भन्नुहुन्छ, किन माग्नु मैले ? मलाई चाहिँदा पनि चाहिँदैन। मेरो घरमा त्यति पैसा राख्ने ठाउँ छैन,’ मन्त्री बाँस्कोटाले भने, ‘हामी सकेसम्म राम्रो गर्छौं । लाइसेन्स पाउन सबै प्रक्रिया पूरा गरे पनि सरकारले अड्काएको आरोप सिजीले लगाउँदै आएको छ ।

बास्कोटाले चौधरी ग्रुपको सीजी टेलिकमसँग सरकारले ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि दिएको सवा करोड डलर अनुदानबाट भएको कामबारे प्रश्न उठाएका छन् । सिजी टेलिकमले सरकारबाट लिएको उक्त अनुदान रकम हिनामिना भएको हुन सक्ने उनको आशंका छ ।

सीजीले स्वामित्व किमेको एसटीएम कम्पनीलाई सरकारले सन् २००४र०५ ताका दिएको १ करोड १८ लाख ६५ डलर (एक अर्ब ३५ कुरोड रुपैयाँ) अनुदान उपयोग कहाँ कसरी भयो देखाउनुपर्ने बताएका छन् । कम्पनी किनेपछि दायित्व पनि सर्ने भएकाले चौधरी ग्रुपले त्यसको परिणाम देखाउनुपर्ने उनको भनाइ छ ।

सीजीले ४१ जिल्ला र ५३५ गाविसमा मोबिलटी सर्भिस र्पुयाउन लाइसेन्स पाएपनि त्यसको पूर्वशर्तहरु पुरा गरेरनगरेको सरकारले हेर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

<