द्वन्दपिडित भन्छनः असक्त भएमा के.पि. प्रचण्डको घरमा जाने हो

सल्यान, १ फाल्गुन ।
सल्यान खलंगामा द्वन्द पिडितहरूले भेला गरेका छन । राष्ट्रिय द्वन्दपिडित न्याय सघंर्ष समिति नेपालको अयोजनामा भएको कार्यक्रममा बोल्दै समितिका केन्द्रिय अध्यक्ष काली बहादुर घर्ति मगरले राज्यले अहिले सम्म बास्तविक दोन्द पिडितको लागि केहि कार्यहरु नगरेको बताए ।

उनले द्वन्द पिडितलाइ न्याय पाउदैनौं भनेर अलमल नहुँन समेत आग्रह गरे । उनले आक्रोश पोख्दै भने सबै नेपाली भइसकेपछि एउटालाई पिडा हुँदा दुःख पर्दा सहयोग गर्नुपर्नेमा अहिले दोन्द पिडितलाई पिडा पर्दा न्याय नपाउँदा राजनितिक दल तथा सरकारले कुनै साथ नदिएको कुरा ब्यक्त गरे ।

यदि कसैले न्याय नपाए मन्त्रालय तथा मेलमिलाप आयोगमा सिधै सम्पर्क गर्न मिल्नेगरी नम्बरहरु उपलब्ध गरिएको भन्दै त्यसलाई सबै द्वन्दपिडितले बुझ्नुपर्ने तर्क राखे ।

कार्यक्रममा संस्थाको भवन निर्माणका लागि प्रक्रिया अघि बढाइएको पनि जानकारी दिइएको छ । समितिको भवन निर्माणका लागि शारदा नगरपालिकाले रु. १ लाख सहयोग गर्ने जनाएको छ । त्यस्तै त्रिवेणी गाउँपालिकाले पिडितहरुको लागि सिप मुलक तालिम सम्बन्धी तालिमको लागि बजेट बिनियोजन गरेको भन्दै सदुपयोग गर्ने भन्ने विषयमा समिति छलफल समेत गरेको छ ।

कार्यक्रममा बोल्दै युद्धकालमा देश र जनताको लागि लडेर अफु घाईते भएको आफ्नो घर परिवार देखि युदको कारण टाढीएको बताएका छन । उनिहरूले अहीले स्वस्थ्य कमजोर हुदै गएको असक्त भए पछि के.पि प्रचण्डको घरमा जाने र उनिले पालन पोषणको जिम्मा लिनुपर्ने बताए ।

कार्यक्रममा कर्णाली प्रदेश र ५ नम्बर प्रदेश लगाएत बिभिन्न जिल्लाका द्वन्द पिडितको सहभागीता रहेको थियो । केन्द्रिय अध्यक्ष काली बहादुर घर्ति मगरको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण लाल बहादुर थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

<